विश्वकप: सशक्त विज्ञापनको माध्यम



टीभीआरएस ९८ सन् १९९८ विश्वकप आयोजक प्रसारणकर्ता हुन् । यस अन्तर्गत यूरोपीय ब्रोडकास्टिंग यूनियन (ईबीयू) भित्र परेका फ्रेन्च प्रशारणकर्ताहरुको समूह टीएफ १, फ्रान्स २, फ्रान्स ३, क्यानल प्लस, टीडीएफ, रेडियो फ्रान्स र आर एफ आई रहेका छन् ।

टीभीआरएस ९८’ ले सम्पूर्ण रंगशालमा रेडियो तथा टेलिभिजन सुविधा उपलब्ध गराउने तथा विश्व भरीका रेडियो र टेलिभिजनलाई उच्चस्तरीय र भरपर्दो पुनः लेख प्रशारणका लागि सुविधा प्रदान गर्दछ ।

फ्रान्स ९८ ले दूर सञ्चारका लागि खेल स्थलहरुमा छुट्टै १५ हजार वटा टेलिफोन, १ हजार ८ सय वटा रेडियो टेलिफोन, १ हजार ८ सय वटा पेजिंग सर्भिस युनिट, केबल टेलिभिजनसँग ९ हजार वटा कनेक्शन तथा एक सय वटा स्थानीय कम्प्यूटर, २ हजार वटा टर्मिनलमा जोडिएको एउटा डाटा बैंक जडान गर्ने भएको छ ।

 

फ्रान्स ९८’ मा विश्व भरका रेडियो तथा टेलिभिजन केन्द्रको प्रतिनिधित्व रहनुका साथै टीभी आरएस ९८ लाई यूरोप (यूईवी), दक्षिण अमेरिका (ओटीआई), अफ्रिका (यूआरटीएनए), अरबी भाषा बोल्ने राष्ट्रहरु (एएसबीयू) तथा एशिया तथा प्रशान्त (एबीयु) ले सफल संचारका लागि सघाउने छ ।

विश्वकप सशक्त विज्ञापनको माध्यम हो । सन् १९९४ को विश्वकप हेर्ने फ्रेन्च टेलिभिजनका कूल दर्शक संख्याको ७३ प्रतिशत दर्शकले कम्तिमा एक ब्यक्तिको नाम प्रायोजनका लागि तुरुन्त दिन सकेका थिए ।

सन् १९९४ विश्वकपमा साझेदारको रुपमा टेलिभिजन दर्शकलाई ९३ प्रतिशत, उच्च स्तरका नागरिकलाई ८० प्रतिशत र नेताहरुलाई ६४ प्रतिशत स्थान दिइएको थियो ।

फ्रान्स यस विश्वकप आयोजक राष्ट्रको रुपमा छनोट गरिना साथ फ्रान्सको कूल जनसंख्याको नब्बे प्रतिशतले यस सौभाग्यलाई राष्ट्रिय गौरवको रुपमा लिएका थिए । त्यस्तै ६० प्रतिशत फ्रेन्च जनता विश्वकप प्रायोजन गर्दै लगातार एक एक गरी आफ्नो नेताको तस्वीर टेलिभिजनमा दिने कम्पनीहरु प्रति कृतज्ञ रहेका छन् । (स्रोत ः साधना, पूर्णाङ्कक ः ५५, विश्वकप विशेषांक १९९८)

प्रतिक्रिया दिनुहोस्