मोटरसाइकल चोरेको अभियोगमा पक्राउ



काठमाडौँ, (नेस)
मोटरसाइकल चोरी गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार बस्ने ३० वर्षीय विशुराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङलाई प्रहरीले शुक्रबार मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने सागर बुढाथोकीको घर कम्पाउण्डमा पार्किङ गरी राखेको बा.६९ प ६८८७ नम्वरको मोटरसाइकल चोरी गरी सोही ठाउँको दिव्यश्वर मन्दिर नजिक डो¥याउदै लैजादै गरेको अवस्थामा पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्