‘दलित सुरक्षा गार्डलाई निकालेको समाचार अनुमान र अड्कलकै भरमा’



नेपाल समाचारपत्र, पर्वत
पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले दलित भएकै कारण सुरक्षागार्ड फिर्ता गरेको समाचार अनुमान र अड्कलकै भरमा बाहिरीएको दलित अधिकारबादीले बिज्ञप्ती मार्फत सार्वजनिक गरेका छन ।

पर्वतमा क्रियाशिल बिभिन्न दलित अधिकारबादी संस्थाहरुले शुक्रबार बिज्ञप्ती जारी गर्दै दलित भएका कारण सुरक्षा गार्ड फिर्ता गरेको नभई संयोग पर्न गएको कुरालाई अनुमान र अड्कलका भरमा बाहिर ल्याउने काम भएको कुरा प्रजिअले बताएको भन्दै बिज्ञप्ती मार्फत सार्वजनिक गरेका हुन ।

‘प्रजिअ ढकालले अनुभवी सुरक्षा गार्ड राख्न खोज्दा फिर्ता गरिएका सुरक्षा गार्ड दलित पर्नु संयोग भएको कुरा स्विकार गर्नुभयो’ बिज्ञप्तीमा भनिएको छ ‘निराधार हल्ला चिर्नका लागि प्रजिअले प्रहरी हबल्दार कबिराज बिकलाई सुरक्षा गार्डको रुपमा संगै राखेको बताउनुभयो ’
नेपाल दलित संघ पर्वतका सभापति शिव परियार (याम), राष्ट्रिय दलित विकास संस्था पर्वतका अध्यक्ष भिमबहादुर नेपाली, दलित अधिकार पत्रकार मञ्च पर्वतका अध्यक्ष डिलबहादुर बि.क. दलित अधिकारकर्मीहरु ठाकुर रसाईली, भिमबहादुर नेपाली, देवीलाल परियार, मुक्ति समाज प्रदेश ४ की सदस्य कविता बि.क. द्धारा संयुक्त रुपमा हस्ताक्षरीत बिज्ञप्तीमा दलित भएकै कारण आगामी दिनमा कसैलाई काखा र कसैलाई पाखा राख्ने संस्कृतिलाई निरुत्साहित गर्न जोडदार माग गर्दछौँ भनिएको छ ।

प्रजिअ ढकालले आगामी दिनमा जिल्लामा दलितमाथि अन्यायका घट्ना हुन नदिने बताएको उल्लेख छ । प्रजिअ ढकालले आँपूm राष्ट्रसेवक कर्मचारी भएकै कारण पनि दलितका नाममा हुने बिभेद र अन्याय हटाउन सधैँ लडिरहने र भोलीका दिनमा यस्ता घट्ना कहीँ कतै दोहोरिन नदिने प्रबिद्धता पनि व्यक्त गरेका छन ।

जिल्ला प्रहरी कार्यालयबाट प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको सुरक्षा गार्डको रुपमा खटिएका प्रहरी हबल्दार कबिराज बिकलाई दुई दिन मै दलित भएका कारण सुरक्षा गार्डबाट फिर्ता गरिएको समाचार बाहिर आएको थियो । हबल्दार बिकले आफुलाई फिर्ता गरेपछि कार्यालयमा पुग्दा सहकर्मीहरुले दलित भएकै आधारमा फिर्ता गरेको भनेपछि उनले सोही आशंका गरेर दलित अधिकारकर्मी र सञ्चारकर्मी संग गुनासो गरेका थिए ।

तर पहिले नै प्रजिअको सुरक्षा गार्ड बसिरहेका अर्का हबल्दारले आफुँ नै जाने बताएपछि बिकलाई फिर्ता गरेको जिल्ला प्रहरी प्रमुख दिलिप घिमिरेले बताएका थिए । प्रजिअ ढकालले भने सुरक्षागार्ड खटाउने कार्य जिप्रकाको भएकाले आफुँले कुनै हस्तक्षेप नगरेको दाबी गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्