गाउँका ‘तरकारीवाला’ मास्टर



हिक्मत नेपाली, दैलेख ।
भगवतीमाई गाउँपालीका–४ का केविजंग थापा कालिका मावि डैरीका प्रावि द्धितिय तहका शिक्षक हुन् । बिहान भालेको डाको संगै उठ्नु, बारीमा जानु र धस्सिएर काम गर्नु, खान खाएर विद्यालय जानु, साँझ फर्केर बारीमा पसेर राती अबेर सम्म बत्ती बालेर काम गर्नु उनको दिनचर्या जस्तै बनेको छ । उनले गाउँमा शिक्षक मात्र होइन व्यवसायीक तरकारी खती गर्ने अगुवा कृषकको रुपमा पहिचान बनाएका छन् ।

प्रावि तहको शिक्षक भएपछि शिक्षकको तलबले घरखर्च धान्न मुस्किल भएपछि उनी अध्ययन विदा लिएर २०६२ सालमा दुवै पुगे । दुई बर्ष दुवै बसेका उनले १५ लाख आम्दानी गरेर घर पर्के । घर फर्केपछि पुन शिक्षण पेशमा होमिए । बिदेशमा रात दिन नभनी काम गरेका केविजंगलाई घरमा दिन भर शिक्षक पेशा भएपनि साँझ बिहान के गर्ने भनेर सोच्नै ठिक्क भयो ।

उनले तरकारीको बजारमा राम्रो सम्भावना देखे । तरकारी खेती मार्फत राम्रै आम्दानी हुने देखेपछि तरकारी खेती सुरु गरेको थापाले बताए । विगतमा तरकारी खेती गरेपनि व्यवसायिक रुपमा भने खेती नगरेको उनको भनाई छ । आफुलाई खानको लागि मात्र तरकारी लगाउथ्यौ, तरकारी खेतीबाट राम्रो आम्दानी हुने देखेपछि तरकारी खेती गर्न थालेको हुँ, उनले भने । एउटा शिक्षकको तलबले छोरा छोरीलाई पढाउनै मुस्कील हुने, अरु व्यवसाय गर्दा पनि सम्भव भएन, त्यही भएर यो पेशालाई रोजेको हुँ उनले भने । तरकारीबाट बार्षिक रुपमा १ लाख ५० हजार सम्म आम्दानी गरेको थापाले बताए ।

अहिले उनी गाउँमा मास्टर मात्र होइन तरकारीवाला मास्टर भनेर चिनीन थालेका छन् । ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा उनले घरवारी व्यवस्थापन तालिम लिएपछि व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेका हुन । उनले शिक्षक पेशासंगै तरकारी खेती गर्न थालेपछि गाउँका धेरैले तरकारी खेती सुरु गरेका छन् । तरकारीले बजार पाउदैन भन्ने भनाई गलत भएको बताउदै उनले भने “तरकारी उत्पादन गरेपछि बजारको समस्या हुँदैन् ।” उनले उत्पादन गरेको तरकारी दैलेख बजार,जाजरकोट जिल्लाको सुइयाडा र सुर्खेत सम्म पठाउने गरेका छन् ।

केविजंग थापा जस्तै गाउँका बिद्यालयमा पढाउने शिक्षकहरुले अहिले शिक्षण पेशा संगै व्यवसायीक तरकारी खेती गर्न थालेका छन् । घरमै बसेर राम्रो आम्दानीको स्रोत हुने देखे पछि त्यस तर्फ आकर्षण बढ्दै गएको छ । शिक्षक केविजंग थापाले आफू तरकारी खेती गरेको देखेर स्थानीय धेरै कृषकले तरकारी खेती सुरु गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्