उपाध्यायको प्रणय सार्वजनिक



साहित्यकार डा. डीआर उपाध्यायको अडियो एल्बम प्रणय राजधानीमा आयोजित एक कार्यक्रमका बीच सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटा, गायक प्रेमध्वज प्रधान, संगीतकार दीपक जंगम, गीतकार दिनेश अधिकारी, संगीतकार बुलु मुकारुङले संयुक्तरूपमा सार्वजनिक गरेका छन्।

सागर अधिकारी ‘शरद्’को एकल संगीत रहेको एल्बममा कसले भन्छ, तिमी बिना, आउ नआउ, आफ्नै छायाँले, हाम्रो मधुर मिलन र चौबन्दी चोली बोलका ६ गीत संग्रहित छन्। जसमा सागरसागै प्रमोद खरेल, रामचन्द्र काफ्ले, मेलिना राई, मिलन अमात्य, सत्यराज आचार्य, स्वरूपराज आचार्य र सुरेश लामाको स्वर रहेको छ।
सो अवसरमा डीआरको उपन्यास अतिरिक्त पनि सार्वजनिक गरिएको थियो। कार्यक्रममा एल्बममा समावेश गीत कसले भन्छको म्युजिक भिडियोसमेत देखाइएको थियो। भिडियो प्रसन्न पौडेलले निर्देशन गरेका छन् भने गीतकार डीआर देखिएका छन्। उनलाई अनु शाहले मोडलिङमा साथ दिएकी छिन्। यसको छायांकन विदुर पाण्डेले गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन्।

कार्यक्रममा बोल्दै गीतकार उपाध्यायले एल्बममा सबै किसिमका गीत समेट्ने प्रयास गरेको बताए। ‘मेरो शब्दले सबै किसिमका भावनालाई समेट्छ भन्नेमा विश्वस्त छुु’, उनले भने– ‘त्यसै गरी सञ्चारमन्त्री बास्कोटाले एल्बममा गीतमा सबै किसिमका भाव समेटिएको बताए। ‘स्रोताका रूपमा सुन्दा गीत राम्रो छ।’ –मन्त्री बास्कोटाले भने। त्यसै गरी गायक प्रेमध्वज प्रधानले रचित भाव, संगीत संयोजन र स्वरमा मिठास भेटिएको बताए।

प्रतिक्रिया दिनुहोस्