तिमी हुन्छौ जहाँ जहाँलाई सोलो रिलिज



नेपाली फिल्मले सोलो रिलिजको मौका बिरलै पाउँछन्। सिनेमा हलमा सोलो रिलिज पाउनु नेपाली फिल्मका लागि शौभाग्यको कुरा भएको छ।
यस्तै शौभाग्य प्राप्त गरेको छ फिल्म तिमी हुन्छौ जहाँ जहाँले। विश्वकप फुटबलका कारण फिल्म रिलिज गर्नु व्यापारिक हिसाबले जोखिम हुने भएकाले निर्माताहरू ब्याक सर्दा तिमी हुन्छौ जहाँ जहाँले सोलो रिलिज पाएको हो।

मदन दवाडी, डालचन्द्र दवाडी, प्रकाश बास्कोटा र हरिप्रसाद अधिकारीद्वारा निर्मित फिल्म विकास बस्यालले निर्देशन गरेका छन्। निर्देशक बस्यालका अनुसार प्रेमकथामा आधारित फिल्ममा आदर्श प्रेम प्रस्तुत गरिएको छ। फिल्ममा मनीष सुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरूपपुरुष ढकाल, रवि गिरी, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेतलगायतले अभिनय गरेका छन् भने वर्षा शिवाकोटी अतिथि भूमिकामा छिन्।
फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको नृत्य निर्देशन र रामशरण उप्रेतीको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्