शेयर कारोबार रकम र परिसूचकमा निरन्तर ओरालो



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक केही दिनदेखि ओरालो लाग्ने क्रममा रहेको छ । यसैक्रममा यो साता पनि नेप्सेम गिरावट आएको छ । साताको पहिलो दिनको तुलनामा १४ दशमलव ७७ अंकले घटेर १ हजार २ सय १८ दशमलव ४६ अंकमा झरेको छ ।

कुल १९० कम्पनीको १७ हजार २ सय २८ कारोबारबाट १ अर्ब १२ करोड ३१ लाख १ हजार रुपिया“ बराबरका ४९ लाख ६१ हजार १ सय १० कित्ता शेयर खरिद बिक्री भएका छन् । अघिल्लो साताभन्दा ३४ दशमलव ७२ प्रतिशतले घटेर १ अर्ब ७२ करोड ५ लाख ६६ हजार रुपिया“ बराबरको ४८ लाख ६८ हजार ७० कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा भएका १९० कम्पनीमध्ये सबैभन्दा बढी नेपाल बैंक लिमिटेडको शेयर कारोबार भएको छ । जसको ७ करोड ३३ लाख ६० हजार रुपिया“को शेयर किनबेच भएको हो ।

यसैगरी मेगा बैंक नेपालको ४ करोड ७४ लाख रुपिया“, एनएमबि बैंकको ४ करोड ६६ लाख ३० हजार रुपिया“, नेपाल ग्रामीण विकास लघुवित्तको ४ करोड ६१ लाख ४० लाख रुपिया“ र उन्नती लघुवित्तको ३ करोड ९६ लाख १० हजार रुपिया“ शेयर कारोबार भएको छ ।

 

कारोबार शेयर संख्याको आधारमा पनि मेगा बैंक नेपाल नै अगाडि रहेको छ । बैंकको २ लाख ६९ हजार कित्ता शेयर किनबेच भएको हो । जसको कारोबार संख्यामा पनि १ हजार ३ सय ९६ को अग्रस्थानमा रहेको छ । नेपाल स्टक एक्सचेन्जको कारोबार पा“च दिन नै खुल्ला रहेको साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा २ दशमलव ९६ अंकले घटेर २ सय ५५ दशमलव ७५ अंकमा पुगेको छ ।

यसैगरी नेप्सेमा यस साता विभिन्न कम्पनीको १ करोड ६४ लाख ४ हजार ४ सय ६८ दशमलव ८३ कित्ता शेयर सूचीकृत भएका छन् ।
एक सातामा एक कम्पनीको मात्र बोनस शेयर सूचीकृत भएको छ भने बा“की ६ वटा कम्पनीको हकप्रद शेयर सूचीकृत भएका छन् ।
बोनस शेयरमा नेरुडे लघुवित्तको ३ लाख ९७ हजार ८ सय कित्ता शेयर सूचीकृत भएको छ । त्यस्तै हकप्रद शेयरमा नेको इन्स्योरेन्सको ३९ लाख २० हजार ९ सय २८ दशमलव ११ कित्ता, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको २२ लाख ८१ हजार ३ सय १३ कित्ता, एसियन लाइफ इन्स्योरेन्सको ४० लाख २७ हजार ९ सय ६६ दशमलव २० कित्ता शेयर सूचीकृत भएका छन् ।

त्यस्तै गरी कामना सेवा विकास बैंकको ३० लाख ९४ हजार १ सय ५४ दशमलव ७७ कित्ता, सिन्धु विकास बैंकको ५ लाख ३५ हजार ३ सय १ दशमलव ४ कित्ता र सेन्ट्रल फाइनान्सको २१ लाख ४७ हजार ५ दशमलव ३५ कित्ता शेयर गरी कुल १ करोड ६० लाख ६ हजार ६ सय ६८ दशमलव ८३ कित्ता हकप्रद शेयर सूचीकृत भएका छन् ।

 

यसैबीच नेप्सेमा अघिल्लो महिना अर्थात जेठमा विभिन्न कम्पनीको आईपीओ, बोनस र हकप्रद शेयर गरी ९ करोड ४५ लाख २२ हजार ४५ दशमलव ५९ कित्ता शेयर सूचीकृत भएको छ । जसमध्ये आईपीओ दुई वटा कम्पनीको सूचीकृत भएको छन् । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको ६ लाख कित्ता र रैराङ हाइड्रोपावरको ५६ लाख कित्ता गरी कुल ६२ लाख कित्ता आईपीओ सूचीकृत भएको हो ।

त्यस्तै नेप्सेमा १५ वटा कम्पनीको २ करोड ७१ लाख ५५ हजार ९ सय ८७ दशमलव ९१ कित्ता बोनस शेयर सूचीकृत भएका छन् । यस अवधिमा डिपोक्स लघुवित्तको ९ लाख ६९ हजार ७ सय ९३ दशमलव ६६ कित्ता, नेसनल माइक्रो फाइनान्स वित्तीय संस्थाको २ लाख ३ हजार ५ सय ६० कित्ता, साइन रेसुंगा डेभलपमेन्ट बैंकको २७ लाख ५७ हजार २ सय ३१ कित्ता शेयर सूचीकृत भएका छन् । त्यस्तै सिर्जना फाइनान्सको ९ लाख ८२ हजार ८ सय कित्ता, समाता माइक्रोफाइनान्स वित्तीय संस्थाको ६३ हजार २ सय कित्ता, मितेरी डेभलपमेन्ट बैंकको ११ लाख ९७ हजार ६९ दशमलव ४४ कित्ता शेयर सूचीकृत भएको छ ।

त्यस्तै प्रिमियर इन्स्योरेन्सको ६ लाख ९५ हजार ३ सय ९७ कित्ता, सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टको १६ लाख २८ हजार ५ सय ८२ दशमलव ७२ कित्ता, पूर्णिमा विकास बैंकको ८ लाख ४५ हजार ५ सय कित्ता, एभरेस्ट इन्स्योरेन्सको १२ लाख ८० हजार ८ सय १२ कित्ता, नेपाल लाइफ इन्स्यारेन्सको १ करोड ३० लाख ५ हजार दशमलव २ कित्ता, साना किसान विकास माइक्रो फाइनान्सको १२ लाख ५७ हजार ६ सय ५५ दशमलव ८६ कित्ता, प्राइम लाइफ इन्स्योरेन्सको १९ लाख ८३ हजार १ सय ५० कित्ता र मल्टी प्रपोज फाइनान्सको १ लाख ६४ हजार ७ सय ३६ कित्ता शेयर सूचीकृत भएका छन् ।

यसैगरी यस अवधिमा छ वटा कम्पनीको ६ करोड ११ लाख ६६ हजार ५७ दशमलव ७ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएका छन् । प्रभु बैंकको २ करोड ११ लाख ९९ हजार ३ सय २१ कित्ता, पोखरा फाइनान्सको ९ लाख ८३ हजार ६ सय ८२ दशमलव ७४ कित्ता, सिभिल बैकको २ करोड ७ लाख ४० हजार ८ सय ८६ दशमलव ८ कित्ता शेयर सूचीकृत भएको छ । त्यस्तै प्राइम लाइफ इन्स्योरेन्सको ९७ लाख ६३ हजार २ सय कित्ता, सिद्धार्थ बैंकको ६८ लाख २६ हजार १ सय १७ दशमलव १९ कित्ता र वेस्ट फाइनान्सको १६ लाख ५२ हजार ८ सय ५० कित्ता शेयर सूचीकृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्