भान्सा महँगिदै, थेग्नै गाह्रो



नेपाल समाचारपत्र, हेटौडा
जेठ अन्तिमदेखि आकाशिएको तरकारीको मूल्य अझै घट्ने छाँटकाँट देखिएको छैन । बरु दैनिकजसो मूल्यवृद्धि भइरहेको छ ।
बजारमा तरकारीको मूल्यमा करिब ५० प्रतिशतभन्दा धेरै वृद्धि भएको छ । जेठ २५ गते लोकल गोलभेंडाको मूल्य प्रतिकिलो ३० रुपिया“ थियो । जबकी असार शुरुदेखि गोलभेंडा प्रतिकिलो ७० रुपिया“सम्म तिर्नुपरेको छ । काउली किलोको ५० रुपिया“ थियो भने हाल ९० रुपिया“ रहेको तरकारी तथा फलफूल व्यवसायी संघ अध्यक्ष खड्गबहादुर मोक्तानले जानकारी दिनुभयो ।

मूल्य वृद्धिस“गै हेटौंडेलीको भान्सा महं“गो बन्दै गएको छ । दैनिक उपभोग गर्ने तरकारीको मूल्य वृद्धि हुँदा उपभोक्ता मारमा परेका छन् । गोलभेंडा, आलु, काउली, बोडी, फर्र्सी र हरियो सागलगायतको मूल्य दोब्बर नै बढेको छ । २० रुपिया“मा पाइने नयाँ आलुको मूल्य बढेर ४० रुपिया“सम्म तिर्नुपरेको छ । बसपार्कको तरकारी बजारबाट लगिएको तरकारी खुद्रा व्यापारीले प्रतिकिलो १० रुपिया“सम्म नाफा राखेर बेच्ने गरेको मोक्तान बताउनुहुन्छ ।

वर्षा शुरु भएस“गै पूर्व–पश्चिमलगायत भारतसम्म यहीं उत्पादन भएका तरकारीको माग हुने भएकाले तरकारीको मूल्यवृद्धि भएको मोक्तानले प्रतिक्रिया दिनुभयो । तराई तथा भारतमा वर्षामा तरकारी उत्पादन त्यति हुने नभएकाले मकवानपुरबाट नै त्यहा“ तरकारी निर्यात हुने मोक्तानले जानकारी दिनुभयो ।

हेटौंडा बजारमा दैनिक १ सय टनभन्दा बढी तरकारी आयात हुन्छ । कुलेखानी, सिस्नेरी, बज्रबाराही, निबुवाटार, भीमफेदी, बुढीचौर, नामटार, सीमभञ्ज्याङ, पालुङ, डाँडाखर्क र आमभन्याङबाट तरकारी हेटौंडा बजारमा आयात भएर पोखरा, बुटबल, भैरहवा, नेपालगन्ज, नारायणगढ, सुर्खेत निर्यात हुने गरेको छ । पूर्वका का“कडभित्ता, धरान, लालबन्दी, बर्दीबास, निजगढ, जीतपुरलगायत तराई क्षेत्र ह“ुदै भारतका विभिन्न प्रदेशमा यहा“का तरकारी निर्यात हुने गरेको मोक्तानले बताउनुभयो ।

यहा“ उत्पादित तरकारी ९० प्रतिशत निर्यात हुने र १० प्रतिशतमात्र हेटौंडा रहने मोक्तानको भनाइ छ । एउटा प्रदेशको उत्पादन अन्य प्रदेशमा पु¥याउनुपर्ने भएका कारण तरकारी महं“गो हुन गएको मोक्तानले स्वीकार गर्नुभयो ।

‘यस्तो अवस्था कार्तिकसम्म चलिरहन्छ,’ मोक्तानका अनुसार यसबीच नेपालीको ठूला पर्व पर्ने भएकाले वर्षेनी चाडपर्वको समयमा तरकारीको भाउ बढ्ने गरेको हो । फागुनपछि भने भारत तथा तराई क्षेत्रबाट हेटौंडा बजारमा तरकारी आयात हुने उहा“ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्