शनिबार ठमेल क्षेत्रमा बिजुली नआउने



काठमाडौं, (नेस)
११ केभी प्रसारण लाइनको मर्मत सम्भारका लागि ठमेललगायतका क्षेत्रमा शनिबार विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका अनुसार, ११ केभी प्रसारण लाइनअन्तर्गत लैनचौर फिडरको ‘प्रिभेन्टिभ मेन्टिनेन्स’ का लागि शनिबार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

त्यस फिडरबाट विद्युत् आपूर्ति भइरहेका लैनजौर दुग्ध विकास संस्थान अगाडिको गणेश मन्दिर, ठमेल जाने चोक, पुरानो नेपाली चुलो, हिटी पोखरी, जय नेपाल हल, हात्तिसार क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

यसैगरी, नक्साल नारायण चौर, प्रहरी हेड क्वार्टर, भुँडे गणेश, टंगाल स्कुल, नक्साल भगवती मन्दिर, मल्ल होटल अगाडि हुँदै अमृत साइन्स क्याम्पस आसपासका स्थानमा विद्युत् आपूर्ति हुने रत्नपार्क वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्