सुत्रधार धर्मगुरुलाई मृत्युदण्ड



जाकार्ता,(एजेन्सी)
चार जनाको मानिसको ज्यान जाने गरी सन् २०१६ मा इन्डोनेसियाको जाकार्तामा भएको आतंकवादी हमलाका लागि शुक्रवार एकजना धर्मगुरुलाई अदालतले दोषी ठहराएको छ । अमान अबुररहमानलाई उक्त घटनाको सुत्रधार रहेको प्रमाणित गर्दै मृत्युदण सुनाइएको छ ।

स्थानीय एक अतिवादी समूहको धर्मगुरु रहेका उनले इस्लामिक स्टेट ( आइएस ) प्रति आफ्नो समर्थन रहेको घोषणा गरेका थिए । सन् २०१६ मा भएको उक्त हमला इन्डोनेसियामा आइएसको पहिलो आक्रमण मानिएकोथियो ।

छयालिस वर्षिय अबुररहमान सन् २०१० देखि हिरासतमा रहे पनि उनले जेलबाटै राजधानी जाकार्ताको विभिन्न स्थानमा बम हमलाको योजना तयार गरेको बताइएको छ ।

सो हमलामा स्टारबक्स र प्रहरी पोष्ट आक्रमणको निसानामा परेका थिए । त्यसै क्रममा आतंकवादी र सुरक्षाकर्र्मीबीच मुठभेड हुँदा दुई आक्रमणकारी मारिएका थिए भने अन्य दुई जनाले आत्मघाती विस्फोट गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्