संयुक्त राष्ट्र संघको आरोप



काराकास,(एजेन्सी)
संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको एउटा नयाँ प्रतिवेदनमा भेनेजुएलाका सुरक्षाफौजले अपराध विरुद्धको सुरक्षा अभियानको नाममा सयौं निर्दोष व्यक्तिको ज्यान लिएको उललेख गरिएको छ ।

संयुक्त राष्ट्र संघको मानव अधिकार निकायले आफुसंग गरिब वस्तीहरुमा छापा मारेर घर घरमा गएर सुरक्षाकर्मिले युवाहरुलाई गैर कानुनी ढंगले हत्या गरेको आफुसंग विश्वसनिय प्रमाण रहेको दावी गरेको छ ।

संयुक्त राष्ट्र संघको मानव अधिकार निकायका प्रमुख जेइद राद अल हुस्सेनले भेनेजएलामा कानुनी शासनकै उपस्थिती नरहेको आरोप लगाएक छन् । तर भेनेजुएला सरकारले भने यस्ता आरोप अस्विकार गदै आएके छ । भेनेजुयलाले अहिले राजनीतिक र आर्थिक समस्या भोगिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्