तस्वीरका कारण क्षमायाचना



नयाँदिल्ली,(एजेन्सी)
उत्तरी भारतिय राज्य उत्तर प्रदेशमा मारिएका एकजना पुरुषलाई तीनजना प्रहरी अधिकारी सामुनै भिडले घिसार्दै गरेको तस्वीरलाई प्रहरीले सार्वजनिक रुपमा शुक्रवार क्षमायाचना गरेका छन् ।

सो तस्वीर खिचिएको केहि छिनपछि नै कासिम नामक ति पिडितको अस्पताल लाँदै गर्दा मृत्यु भएके थियो । प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनालाई लिएरभएको सानो विवादमा उनलाई नराम्ररी पिटिएको थियो । राज्य प्रहरीले टिवटर मार्फत क्षमायाचना गरेका थिए ।

तर विविसिसंगको कराकानीमा राज्य प्रहरीका प्रमुख प्रवक्ता राहुल श्रीवास्तवले भनेका छन् , ‘ ति तस्वीरले भ्रम फैलाइरहेका छन् । वास्तवमा प्रहरीले हत्याका लागि सहयोग पु¥याएको छैन ।

तस्वीरमा प्रहरी मुक दर्शक जस्ते देखिए पनि यर्थाथमा अझै पिट्न तम्सिरहेको भिडबाट प्रहरीले ति पुरुषलाई छुटाएको थियो । यद्यपि हामीले यस सम्बन्धमा थप अनुसन्धान गराउन लागेका छौं । ’ ति तस्वीरहरु सामाजिक संजालमा भाइरल भएक थिए ।

 

प्रतिक्रिया दिनुहोस्