च्याम्पियउन जर्मनीले जित्नै पर्ने



डिफेन्डिंग च्याम्पियन जर्मनीले समूह एफ अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा शनिबार स्वीडेनको सामना गर्दैछ । पहिलो खेलमा मेक्सिकोसँग १–० को स्तब्ध नतिजा बेहोरेको फिफा वरियताको शीर्ष टोली जर्मनीका लागि २४औं वरियताको स्वीडेनविरुद्धको खेल धेरै अर्थमा महत्वपूर्ण बनेको छ ।

एक त डिफेन्डिंग च्याम्पियनको साख जोगाउने अनि अर्कोतर्फ समूह चरण पार गर्ने चुनौती । हुन त सन् १९८२ को विश्वकपको पहिलो खेलमा पनि जर्मनी अल्जेरियासँग पराजित भएको थियो । तर उक्त संस्करणमा जर्मनीले फाइनलसम्मको यात्रा गरेको थियो । यसपटक पनि इतिहास नदोहोरिएला भन्न सकिन्न । तर त्यसका लागि जर्मनीका चर्चित खेलाडीहरुले शतप्रतिशत प्रदर्शन गर्न जरुरी छ ।
तीन विश्वकपमा १४ शट अन टार्गेटमै १० गोल गरेका थोमस मुलर स्वीडिश डिफेन्सका लागि टाउको दुखाइ बन्न सक्छ । पहिलो म्याच हारेपछि मुलरले आगामी दुवै खेल जर्मनीले जित्नुपर्ने दवाब रहेको बताएका छन् ।

यस्तै स्वीडेनले आफ्नो पहिलो खेलमा दक्षिण कोरियालाई १–० ले हराउँदै ३ अंक जोडिसकेको छ । जित आवश्यक रहेको बलियो जर्मनीविरुद्ध स्वीडेनले बराबरी खेल्ने रणनीति लिन सक्छ । स्वीडेनका विन्गर एमिल पÞmोर्सबर्गले जर्मनीविरुद्धको खेललाई निक्कै कठिन मानेका छन् । तर उनले जर्मनीलाई जितको लागि दवाब हुने भएकोले त्यसको फाइदा लिने बताए । यस्तै स्वीडेनका डिफेन्डर पोन्टूस जन्सनले जर्मनीविरुद्धको खेलमा पहिलो मिनेटदेखि नै हामी सतर्क हुनुपर्ने बताए ।

मेक्सिकोसँग हारेको जर्मनी टिमका पुरै खेलाडी अहिले जितको लागि भौतारिरहेको बताइएको छ । जर्मनी टोली सन् १९३८ यता अहिलेसम्म समूह चरणबाट बाहिरिएको छैन। एकातिर थोमस मुलर, टोनी क्रुस र मेसूट ओजिलले स्वीडिश डिफेन्सको अग्निपरीक्षा लिनेछ भने अर्कोतिर मिडफील्डर लिन्डेलोफ र स्ट्राइकर मार्कसबर्गको समन्वयले जर्मनी डिफेन्सलाई कुनै पनि बेला स्तब्ध पार्न सक्नेछ । प्रशिक्षक जोचिम लो ले सम्भावित ४–२–३–१ को रणनीतिमा उतार्ने जर्मनीविरुद्ध स्वीडेनले ४–३–२–१ को रणनीति अवलम्बन गर्न सक्नेछ ।

हेड टू हेड
यी दुई टोलीले एक अर्काविरुद्ध ३६ पटक खेलेका छन् । जसमध्ये जर्मनीले १५ खेल जितेको छ भने स्वीडेनले १३ खेल आफ्नो पक्षमा पारेको छ । यस्तै ८ खेलमा भने दुवैले बराबरीको नतिजा निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्