प्लेयर टू वाच: रोमेलु लुकाकु



जारी विश्वकपमा बेल्जियमले पानामालाई ३–० हराउँदा रोमेलु लुकाकुले २ गोलको योगदान गरे । ’बिग रोम’ उपनामले परिचित बेल्जियम राष्ट्रिय टोलीका लागि लुकाकुको यो समेत ७० खेलमा ३८ अन्तराष्ट्रीय गोल हो । २५ वर्षीय लुकाकुले गत सिजन एभर्टनबाट म्यानचेस्टर युनाइटेड आएर उत्कृष्ट खेल पस्केका छन् । उनी बेल्जियमका पहिलो रोजाईका स्ट्राइकर हुन् ।

१६ वर्षको उमेरमै बेल्जियन क्लब एन्डरलेक्टका सर्वाधिक गोलकर्ता बनेका उनी त्यसपछि इंगलिश क्लबहरु चेल्सी, वेस्ट ब्रोम, इभर्टन हुँदै म्यानचेस्टर यूनाइटेड पुगेका हुन् । विश्वकपका आगामी खेलमा पनि उनले उत्कृष्ट प्रर्दशन गर्ने अपेक्षा गरिएको छ । पहिलो खेलमा दुई गोल गरेका उनलाई ट्युनिसियाका खेलाडीले कडा निगरानीमा राख्नेछ ।

प्रतिक्रिया दिनुहोस्