फुटबल खेलः सन् १३८९ सम्म



यूरोपमा फुटबललाई प्रारम्भिक रुपमा “मब फुटबल’ भनिन्थ्यो । यसमा दुवै तर्फका खेलाडीहरुको संख्या सय, दुई सय र कहिलेकाहीं त पाँचसय सम्म पनि हुन्थ्यो । खेल मैदानको पनि कुनै सीमा थिएन । एक गाउँदेखि दोस्रो गाउँसम्मको माइलौंको दूरी पनि खेलको मैदान हुन सक्थ्यो । खेलको कुनै निश्चित नियम पनि थिएन । गन्तब्य स्थानसम्म भकुन्डो लैजानको लागि लात, मुक्की, इत्यादि सबै चल्थ्यो। यस खेलमा धेरै खेलाडी घाइते हुन्थे ।

सो¥हौं शताब्दीका एक लेखकले लेखेका छन् कि यस खेलको कारणले अक्सर झगडा, मारपीट, दंगा, रक्तपात र कहिलेकाहीं त हत्यासम्म पनि हुने गथ्र्यो । गर्धन, हात, खुट्टा र करंगको हाड भाँचिनु साधारण घटना मानिन्थ्यो । कसैको आँखा नै बाहिर निस्कन्थ्यो त कसैको नाकबाट रगतको फोहरा छुट्थ्यो । त्यसैले सन् १३१४ मा आएर एडवर्ड द्वितीयले लण्डनका गल्लीहरुमा यो खेल खेल्न मनाही गरिदिए । अन्तमा रिचार्ड द्वितीयले सन् १३८९ मा यस खेललाई गैर कानूनी नै घोषित गरिदिए ।
(स्रोतः साधना, अंक –४, वर्ष – १, फागुन २०४८)

प्रतिक्रिया दिनुहोस्