अर्जेन्टिनालाई हराउँदै क्रोएसिया अन्तिम १६ मा



मस्को, (एजेन्सी)
रसियामा जारी विश्वकप अन्तर्गत समूह डी को खेलमा क्रोएसियाले दुई पटकको विश्वविजेता अर्जेन्टिनामाथि सनसनीपूर्ण जित दर्ता गरेको छ ।
बिहिबार राति भएको खेलमा क्रोएसियाले अर्जेन्टिनामाथि ३–० को फराकिलो गोलअन्तरको जित दर्ता गरेको हो । रक्षापंक्ति र गोलरक्षकले गल्ती गरेपछि अर्जेन्टिना क्रोएसिया सामु निरिह बन्यो ।

पहिलो हाफसम्म प्रतिस्पर्धात्मक खेल पस्केको अर्जेन्टिनाका गोलरक्षकले खेलको ५३औं मिनेटमा गल्ती गरेपछि अर्जेन्टिनाको दुर्भाग्य सुरु भएको थियो । डिफेन्डरले ब्याकपास गरेको बललाई गोलरक्षकको असावधानीको फाइदा उठाउँदै क्रोएसियाका एन्टी रेबिले गोलको खाता खोलेका थिए । गोल फर्काउने दवाबमा रहेको अर्जेन्टिनाले खेलको ८० औं मिनेटमा दोस्रो गोल बहो¥यो ।

डी–एरिया नजिकै अर्जेन्टिनी डिफेन्डरहरुले खुला खेल्न दिएका क्रोएसियाका लुका मोड्रिचले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । इन्जुरी समयमा पनि फितलो रहेको अर्जेन्टिनी डिफेन्सको फाइदा उठाउँदै इभान राकिटिचले तेस्रो गोल थपेपछि क्रोएसियाले शानदार जित दर्ता ग¥यो । अर्जेन्टिनाले केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेन । क्रोएसियाका गोलकिपरले अर्जेन्टिनाका केही प्रहारलाई उत्कृष्ट बचाउ गरेका थिए ।

समुह ‘सी’ मा रहेको क्रोएसिया लगातार दुई खेलमा जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । यसअघि क्रोएसियाले नाइजेरियाविरुद्ध पनि २–० को जित निकालेको थियो । दुई जित निकाल्दै क्रोएसियाले ६ अंक जोडेको छ ।
यता अर्जेन्टिना भने पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो । क्रोएसियासँग पराजय भोगेपछि अर्जेन्टिनाको अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना न्यून बनेको छ । क्रोएसियाले अन्तिम खेल आइसल्याण्डसँग खेल्ने छ भने अर्जेन्टिनाले नाइजेरियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्