मिडियामा पनि हारकै चर्चा



ब्युनोस आयर्स, (एजेन्सी)
अर्जेन्टिनाले समूह चरणअन्तर्गत दोस्रो खेलमा क्रोयसियासँग हारेपछि दोस्रो चरण पुग्न धौ धौ भएको छ । यो हारले अर्जेन्टिनी टोली र समर्थकलाई धेरै निरासा पनि दिलायो । अर्जेन्टिनाको मिडियाले पनि अर्जेन्टिनाको हारलाई अपमानजनक र हलचल भनेको छ ।

क्लारिन अखबारले आफनो वेबसाइटमा लेखेको थियो—क्रोयसियाविरुद्ध हलचल आयो । अर्जेन्टिनाले निरास ग¥यो र अब विश्वकपबाट बाहिरिने संघारमा छ ।

त्यस्तै ला नासियोनले लेख्यो—क्रोयसियाले अर्जेन्टिनालाई विश्वकपबाट बाहिर जान धकेलिदिएको छ ।
टीभी कमेन्टेटर डिएगो लाटोरेले बताए—मेसी मूर्ति बनिरहे । उनीसँग गति नै थिएन ।

१९८६ विश्वकपको विजेता टोलीका डिफेन्डर आस्कर रुगेरीले बताए कि गोलकिपर वीली काबालेरोलाई यसैले छनोट ग¥यो कि किनभने उनी राम्रो गोलकिपिङ गर्छन् । तर काबालेरोको गल्तीले नै क्रोयसियाले पहिलो गोल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्