फ्रेन्डस क्लब सेमिफाइनलमा



काठमाडौं, (नेस)
अनिल महर्जनको दुई गोलको सहयोगमा जित हात पार्दै फ्रेन्डस् क्लब जारी ललित स्मृति यु १८ फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

शुक्रबार एन्फा कम्प्लेक्समा भएको समूह डी को अन्तिम खेलमा फ्रेन्डस्ले मनाङ मस्र्याङदी क्लबलाई २–१ गोलअन्तरले हराएको थियो । अनिलले १२ औं मिनेटमा गोल गरेर ललितपुरे टोलीलाई अग्रता दिलाए । तर नवल गुरुङले २३ औं मिनेटमा गोल गरेर मनाङलाई बराबरीमा ल्याएका थिए । अनिलले नै ७६ औं मिनेटमा गोल गरेपछि ८ अंकका साथ फ्रेन्डस् समूह विजेता बन्दै अन्तिम आठमा पुग्यो ।

अर्को खेलमा हिमालयन शेर्पा क्लबले ५–१ गोलअन्तरले जित्दै सुदुर पश्चिम फुटबल क्लबलाई अर्को चरण पुग्न रोक्यो । शेर्पा अन्तिम चारमा पुग्न अनिल आले र सन्जय धिमालले २–२ गोल गरेका थिए । त्यस्तै दिवस उरुउले एक गोल थप्दा सुदुरका लागि राजीव चौधरीले सान्त्वना गोल फर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्