इन्जुरी समयमा ब्राजिलको जित



मस्को, (एजेन्सी)


अर्जेन्टिनाले गोल आत्मसात गरेपछि निरास बन्दै डिएगो म्याराडोना । म्याराडोनाले अर्जेन्टिनालाई १९८६ को विश्वकपको उपाधि दिलाएका थिए । यसपछि अर्जेन्टिनाले विश्वकपको दुई फाइनल (१९९० र २०१४) खेले पनि हार बेहोरेको थियो ।


विश्वकप जित्ने सपना बुनेर रुस आएको ब्राजिलले थपिएको ६ मिनेट समय सदुपयोग गर्दा जारी विश्वकपमा पहिलो जित हात पारेको छ ।
शुक्रबार सेन्ट पिटर्सबर्गमा समूह ‘ई’ को दोस्रो खेलमा ब्राजिलले कोष्टारिकालाई २–० ले हराएको हो । पहिलो खेलमा स्वीट्जरल्यान्डसँग अंक बाँडेपछि ब्राजिललाई प्रतियोगितामा रहिरहन जित नै आवश्यक थियो । निर्धारित ९० मिनेट ०–० को स्थिति हुँदा ब्राजिलको लागि स्पष्ट तीन अंक पाउने कठिन भएको थियो ।


ब्राजिल २ कोस्टा रिका ०
फिलिपे कौटिन्हो ९०ं१’, नेयमार ९०ं७’


खेलभरी दर्जनौ ब्राजिलका प्रहार रोकेका कोष्टारिकाका गोलकिपर केलर नाभासले इन्जुरी समयमा दुई गोल बेहोरेका थिए । इन्जुरी समयको पहिलो मिनेटमा ग्याब्रियल जेससको पासमा फिलिप कौटिन्होले वान टच प्रहारमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।
६ मिनेट इन्जुरी समय थपिए पनि रेफ्रिले सात मिनेटसम्म खेलाएको उक्त खेलको अन्त्यतिर काउन्टर अट्याकमा डगलस कोस्टाको क्रसमा नेयमारले गोल गर्दै ब्राजिललाई २–० को जित दिलाए । उक्त खेलमा ब्राजिललाई ग्राउन्ड रेफ्रिले पेनाल्टी हान्ने अवसर प्रदान गरेपनि भिडियो असिस्टेन्ट रेफ्रि (भार) ले खारेज गरेको थियो । सुरुमा नेयमारलाई फाउल गरेकोले ग्राउन्ड रेफ्रिले पेनाल्टीको संकेत गरे पनि भिडियोमा फाउल नदेखिएपछि रद्द गरिएको थियो ।


पेनाल्टी दिएको भन्दै कोस्टारिकाका खेलाडीहरुले रेफ्रीलाई घेरेका थिए । भार प्रविधिले भने रेफ्रीको निर्णय उल्ट्याइदिएपछि ब्राजिली टोली निरास भएको थियो ।


पहिलो खेल सर्बियासंग १–० ले हारेको कोष्टारिका भने प्रतियोगिताबाट बाहिरिएको छ । जितसंगै दुई खेलबाट ब्राजिलको ४ अंक भएको छ र समूह चरण पार गर्न अन्तिम खेलमा सर्बियाको सामना गर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्