कोरियाको तुलनामा मेक्सिको बलियो



मेक्सिकोले जारी विश्वकपमा सबैभन्दा स्तब्ध नतिजा निकालेको छ । मेक्सिकोले लगातार विश्वकप जित्ने अभियानमा लागेको जर्मनीको शुरुआत नै खल्लो पारेको थियो । मेक्सिकोले जर्मनीलाई १–० ले हराएर सनसनी मच्चाएपछि आजको खेलमा अर्को जित हात पार्दै अन्तिम १६ मा पुग्ने कोसिस गर्नेछ ।


हेड टू हेड
विश्वकप १९९८ मेक्सिको ३ – १ दक्षिण कोरिया
कन्फेडेरेसन कप २००१ मेक्सिको १–२ दक्षिण कोरिया
मैत्री खेल २००६ मेक्सिको ०–१ दक्षिण कोरिया
मैत्री खेल २०१४ मेक्सिको ४–० दक्षिण कोरिया


मेक्सिकोको उत्कृष्ट खेलको अगाडि दक्षिण कोरियालाई जित हात पार्न गाह्रै हुने अनुमान लगाइएको छ । त्यसमाथि पहिलो खेलमा कोरियाको प्रदर्शन सन्तोषजनक पनि थिएन । स्वीडेनले कोरियालाई १–० ले हराएपछि नै एसियाली टोलीको लागि यो विश्वकप त्यति राम्रो नहुने पनि संकेत देखिसकेको थियो । ता पनि कोरियाली टोलीले जित्ने प्रयास गर्ने आस राखेको छ । जबकी पछिल्लो मैत्री खेलमा मेक्सिकोले कोरियालाई ४–० गोलले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्