रुसी खेलाडीको जाँच हुनुपर्ने



मस्को, (एजेन्सी)
अमेरिकी डोपिंग रोधी एजेन्सी (यूएसएडीए) को प्रमुख कार्यकारी अधिकारी टे«भिस टायगार्टले फिफालाई बताए कि रुसको फुटबल टोलीका खेलाडीको डोप टेस्ट गर्नुपर्छ । रुसले जारी विश्वकपमा लगातार दुई खेल जितेको छ ।

द टेलिग्राफले जनाए अनुसार टायगार्टले विश्वकपको स्वच्छतालाई बचाउन रुसका खेलाडीको जाँच हुनु पर्ने बताए । फिफाले यो चाहि जानकारीमा ल्याएको छैन कि रुसमा जारी विश्वकपमा कति डोपिङ टेस्ट भएको छ । फिफाले जाँचको मामिलामा केही भन्न नसकिन प्रतिक्रिया दिएको छ।

सोभियत संघको विघटनपछि रुस पहिलो पटक विश्वकपको अर्को चरणमा पुगेको छ । आयोजक टोलीले पहिलो खेलमा साउदी अरेबियालाई ५–० ले हरायो । त्यस्तै दोस्रो खेलमा इजिप्टलाई ३–१ ले पराजित गरेको रुसले तेस्रो खेलमा उरुग्वेसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्