साप्ताहिक राशिफल: असार ९ देखि १५ गतेसम्म



मेष
तपाईंका लागि यस साताको मध्यभाग सोमबार र मंगलबार त्यति राम्रो देखिँदैन । बाँकी दिनहरु शुभ फलदायक छन् । विविध वस्तु वा सेवाको प्राप्ति होला । आफ्नो बोली बिक्ने, कार्य सफल हुने, उपहारादि वस्तु प्राप्ति हुने सम्भावना छ । साथीभाइसँगको भेटघाट उपलब्धिमूलक हुनेछ । तर साताको मध्यभागमा भने अनावश्यक खर्च, स्वास्थ्य समस्या, चोटपटकको भय हुने देखिन्छ ।
वृष
तपाईंका लागि यो साताको मंगलबारसम्म शुभ फलदायक छ भने बाँकी दिनहरु त्यति सन्तोषजनक देखिँदैन । शुरुका दिनहरुमा द्रव्यलाभ, खेलकुद, परीक्षा आदिमा सफलता हात लाग्ने, अड्किएका कामहरु पूरा हुने, समस्याको समाधान हुने, यश–कीर्ति बढ्ने, वाहन–सुख हुने, मान–सम्मान बढ्ने देखिन्छ । बुधबारबाट भने रोगको भय, काममा बाधा–व्यवधान, आर्थिक नोक्सानी, शारीरिक कष्ट होला ।
मिथुन
तपाईंका लागि यो साता उत्तम फल दिनेवाला छ । सामान्य प्रयासले पनि धेरै काम बन्नेछन् । शुभ समाचार सुनिनेछ । गरेका कामहरु सफल हुनेछन् । आम्दानीको स्रोत बढ्नेछ । साथीभाइ वा इष्टमित्रको सहयोगले राम्रै काम बन्नेछ । व्यापारबाट राम्रो आम्दानी हुने, पठनपाठनमा सक्रियता बढ्ने, गरिरहेको रोजगारी वा व्यवसायबाट आत्मसन्तुष्टि मिल्नेछ । धन, उपहारादि वस्तु प्राप्तिको सम्भावना छ ।
कर्कट
साताको शुरु आइतबारसम्म त्यति सन्तोषजनक छैन । छिमेकी–साथीभाइसँग विवाद, दुर्घटना, चोटपटक, रोगको भय, असफलता हुने देखिन्छ भने बाँकी सबै दिन उपलब्धिमूलक छन् । उपहार, सम्मान, पुरस्कार प्राप्तिको सम्भावना छ । व्यापार, ठेक्कापट्टा, पढाइ, खेलकुद आदिमा सफलता हासिल हुने, सुख–सन्तोष, पराक्रम वृद्धि, मानसिक प्रसन्नता, फाइदाजनक भ्रमण, कार्य सफल हुने देखिन्छ । प्रयास सफल हुनेछ ।
सिंह
यो साता तपाईंका लागि मिश्रित फलदायक छ । शुरुका दिनमा खाद्यसामग्री, मिष्ठान्न भोजन, उपहारादि वस्तु प्राप्ति हुने सम्भावना छ । सोमबार र मंगलबार अनि शुक्रबार निरर्थक धन र समयको नोक्सानी, मानसिक चञ्चलता, पेटको स्वास्थ्य समस्या पारिवारिक विवाद होला । बाँकी दिनहरु भने सुख–सन्तोष हुनेछ । आफ्नो व्यवसायबाट केही भए पनि आर्थिक लाभ हुने देखिन्छ ।
कन्या
साताको मध्य अर्थात् मंगलबारसम्म तपाईंको भाग्य चम्किनेछ । अधुरा रहेका वा थालनी गरिएका कार्यहरु पूरा होलान् । आर्थिक लाभ हुनाले परिवारमा सुखशान्ति हुने, उत्तम भोजन पाइनेछ । स्वास्थ्य चुस्त–तन्दुरुस्त भएको अनुभूति हुने, पढाइ–लेखाइ वा पेसा व्यवसायमा सफलता हात पर्नेछ । तर बुधबारबाट भने साथीभाइसँग विवाद पर्ला, धन–सम्पत्तिको नोक्सानी हुने देखिन्छ ।
तुला
तपाईंका लागि यो साता उत्तम फलदायक छ । शुभ मांगलिक कामको थालनी हुने, हरेक कार्य सफल हुनेछ । वैदेशिक यात्रा, बढुवा, अचल सम्पत्ति वृद्धिको सम्भावना छ । साथीभाइ–इष्टमित्रबाट ठूलै सहयोग पाइएला । आफ्नो व्यापार व्यवसाय वा पेसाबाट राम्रै आर्थिक लाभ हुने देखिन्छ । उन्नति–प्रगतिका लागि गरेका प्रयासहरु खेर जानेछैनन् । बोली बिक्नेछ ।
वृश्चिक
साताको मध्यभाग धेरै उपलब्धिमूलक छ । आँटेका कामहरु पूरा होलान् । साथीभाइ–इष्टमित्रबाट राम्रै सहयोग पाइएला । खाद्यान्न प्राप्तिको सम्भावना छ । बौद्धिक क्षमताको प्रयोगले ठूलै काम बन्नेछ । सामान्य परिश्रमबाट राम्रै आम्दानी होला । तर साताको शुरुका दुई दिन राज्यका तर्फबाट डर, तिर्न बाँकी ट्याक्स तिर्न दबाब, मान–प्रतिष्ठामा कमी आउनेछ भने शुक्रबार चोटपटकको भय छ ।
धनुः
साता मिश्रित फलदायक छ । आइतबारसम्म द्रव्यलाभ, पराक्रम, उन्नति–प्रगति, मान–सम्मानमा वृद्धि, ठूलै उपलब्धिको सम्भावना छ । तर सोमबार र मंगलबार परिवार–इष्टमित्रमा विवाद सृजना हुने, व्यर्थमा दौडधुप हुने, दिनचर्या अस्तव्यस्त हुनेछ । त्यसपछिका दिनहरुमा भने गरेका कामहरु सफल हुने, लगानीबाट लाभांश पाइने, व्यापारिक कारोबारबाट लाभ मिल्ने, खेल–परीक्षा आदिमा सफलता मिल्नेछ ।
मकर
यो साताका धेरैजसो दिन उपलब्धिमूलक छन् । खेलकुद, परीक्षाजस्ता प्रतिस्पर्धात्मक प्रतियोगिताहरुमा सफलता मिल्ला । आर्थिक लाभ हुनाले खर्चको सन्तुलन मिलाउन सहज हुनेछ । प्रेमी–प्रेमिकामा प्रगाढता, विपरीतलिंगीबाट सहयोग एवम् सुख–सन्तोष पाइनेछ । बुधबारबाट भने त्यति राम्रो देखिँदैन । रोगव्याधिको भय, आर्थिक नोक्सानी, व्यवसाय वा जगिरमा बाधा व्यवधान प्रतिष्ठामा आँच आउन सक्छ ।
कुम्भ
तपाईंका लागि यो साता शुभ फलदायक छ । शुभ मांगलिक काम हुनेछ । आँटेका र गरेका कार्यहरु सफल हुनेछन् । रोजगार, वैदेशिक यात्रा, बढुवा, सम्पत्ति वृद्धिको सम्भावना छ । परिवार, साथीभाइ, इष्टमित्रबाट सहयोग पाइएला । व्यापार व्यवसाय वा गरिरहेको पेसाबाट राम्रै आम्दानी हुने देखिन्छ । समय शुभ भएकाले सबैको वाहवाही भइनेछ भने मान–सम्मानमा वृद्धि होला ।
मीन
तापाईंका लागि साताको शुरु शुभ फलदायक छैन । राज्य सञ्चालकको भय, मान–प्रतिष्ठामा आघात, व्यापारिक असफलता, कष्टदायक यात्राको सम्भावना छ । तर सोमबारबाट भने दिनहरु शुभ छन् । स्वस्थताको महसुस हुने, आफ्नो व्यवसायबाट पर्याप्त आम्दानी हुने, गुम्न लागेको धन हात लाग्ने सम्भावना छ । त्यस्तै रोजगारीको अवसर मिल्ने, परीक्षामा सफलता हासिल हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्