मुसाको २ गोलले नाइजेरिया विजयी



काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको समूह डि को दोस्रो चरणको खेलमा आइसल्याण्ड विरुद्ध नाइजेरिया विजयी बनेको छ । आइसल्याण्ड विरुद्ध नाइजेरियाले २–० गोल हान्दै विजयी बनेको हो । नाइजेरियाका लागि दुबै गोल मुसाले गरेका हुन् । उनले खेलको ४९ र ७५ मिनेटमा गोल गरेका हुन् । पहिलो हाफसम्म यी दुबै टिमले गोलरहित बराबरी खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्