गुप्तचरका इन्सपेक्टरविरुद्ध विशेष अदालतमा मुद्धा दायर



काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेका अनुसन्धान अधिकृत (इन्सपेक्टर) दोलखबहादुर कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।

शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाइ पेश गरी जागिर खाएको खुलेपछि आयोगले शुक्रबार मुद्दा दायर गरेको हो ।

विभागमा भर्ना हुँदा उनले माध्यमिक शिक्षा परिषद, उत्तरप्रदेश अन्तर्गत रहेको पि.पि.डी. ईन्टरमिडियट कलेज, मच्छलीगाउँ, गोरखपुर भारतबाट आई.ए तह उत्तिर्ण गरेको भन्दै शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नायव निरीक्षक पदमा भर्ना भएका थिए ।

गोरखपुरको सो कलेजसँग बुझ्ने क्रममा उनले त्यहाँ नपढेको खुलेपछि उनले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्