काठमाडौंको वायु प्रदुषण द गार्जिएनकाे कभर स्टोरी, पर्यटक आगमनमा असर गर्न सक्ने



काठमाडौं । अन्तर्राष्ट्रिय जगतमा सम्पदाको शहरको रुपल चिनिने नेपालको राजधानी काठमाडौं अब बिस्तारै कहाली लाग्दो प्रदुषणको शहर भनेर चिनिने भएको छ । नेपालभित्र त काठमाडौंको प्रदुषण नभोग्ने मानिस विरलै होलान् । तर, अब अन्तर्राष्ट्रिय रुपमा समेत काठमाडौं उपत्यका प्रदुषित शहरको रुपमा आफ्नो इमेज बिगार्ने भएको छ ।

 

 

द गार्जिएन नामक चर्चित अन्तर्राष्ट्रिय समाचार संस्थाले काठमाडौंको प्रदुषण र सडक बिस्तारपछि जनताले भागेको नारकीय जीवनको तस्विरलाई उच्च प्राथमिकताका साथ प्रकाशित गरेको छ । द गार्जिएनका लागि पेटे प्याटिसनले खिचेका तस्विरहरुलाई फोटो कथाको रुपमा उच्च स्थान दिएर प्रकाशित गरिएको हो ।

 

यससँगै काठमाडौंको पहिचान र इमेज अन्तर्राष्ट्रिय जगतमा खराब हुने देखिएको छ । सरकारले काठमाडौंको वायु प्रदुषण न्यूनिकरणको लागि पटक पटक अनेकन नाराहरु दिएपनि अवस्था झन झन् बिग्रदै गएको छ र परिणाम अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा समेत मुख्य स्टोरीका रुपमा प्रकाशित हुन थालेका छन् ।

 

एक वर्षअघि स्थानीय निकायको निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यले एक सय दिनमा काठमाडौं महानगरको प्रदुषण हटाउने घोषणा गरेर निर्वाचनमा बिजयी भएपनि सिन्काे सम्म भाँचेका छैनन। उता, प्रदुषण हटाउने अभियानमा लागेको सुरुवाती मन्त्री लालबाबु पण्डित मन्त्रालय नै सरुवा भएर अन्तै पुगेपछि वायु प्रदुषणको चर्चा नै सेलाउन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्