‘पुरानो बुलेट’मा भित्राए बर्षा



काठमाडौं । लामो समय रङ पत्रकारिता गरेका सञ्चारकर्मी भिषण राई पनि फिल्म निर्देशनमा उत्रिएका छन् ।

१५ असारदेखि छायांकनमा जानेगरी उनको निर्देशन रहने ‘पुरानो बुलेट’को घोषणा भएको छ ।

काठमाडौं, झापा, मोरङ र सुनसरीमा छायाङ्कन हुने फिल्मको मुख्य अभिनेतामा अनुपविक्रम शाही र अभिनेत्रीमा वर्षा सिवाकोटीलाई अनुबन्धन गरिएको छ ।

फिल्म अनुमानित १ करोड बजेटको हुने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्