मिस नेपाल यूएसका लागि श्रेष्ठ फोटोग्राफरमा नियुक्त



वाशिंगटन डिसी । फोटोग्राफर राजिव श्रेष्ठ मिस नेपाल यूएस २०१८ को लागि आधिकारिक फोटोग्राफरमा नियुक्त भएका छन् । अमेरिकाको टेक्ससमा हुने छैठौ मिस नेपाल यूएसको लागि उनलाई नियुक्त गरिएको हो ।

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा अगस्ट १९ आइतबारका मिस नेपाल यूएस हुनेछ । मिस नेपाल यूएस २०१८ को बिजेतालाई ५ हजार डलरको अध्ययनको लागि छात्रवृत्ति प्रदान गरिनेछ । प्रतियोगिताको लागि नेपाली मूलका १८ देखि २९ वर्षका युवतीहरू प्रतियोगितामा सहभागिता लिन पाउनेछन् ।

श्रेष्ठ हाल अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्दै छन् । अमेरिकामा रहेता पनि आफ्नो पेशालाई निरन्तर दिई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्