कलकत्तामा नेपाली उपियाँको निबन्ध



भारतको कलकत्ता इन्टरनेसनल चिल्ड्रेन थिएटर फेस्टिभलमा नेपालको तर्फबाट नाटक उपियाँको निबन्ध मञ्चन गरिएको छ।
कलकत्ताका रंगकर्मी, कलाकर्मी, राजनीतिज्ञ तथा नेपाली समुदायसहितको समारोहबीच फेस्टिभलमा नाटक मञ्चन भएको हो। नाटक थिएटर मल, प्रेरणा विद्याश्रम हरिसिद्धि र थिएटर सेन्टर फर चिल्ड्रेन ९टीसीसी नेपाल० ले संयुक्तरूपमा तयार पारेको हो। कलकत्ताका लागि नेपाली महावाणिज्य दूत एक अर्यालले कलकत्ताको महोत्सवमा नेपाली नाटक मञ्चन हुनु कलकत्ताबासी नेपालीका लागि लागि गर्वको विषय बनेको उल्लेख गरेका थिए।

नाटक उपिया“को निबन्ध स्कुलको परिवेशमा बालबालिका र शिक्षकबीचको सम्बन्धको कथामा तयार पारिएको थियो। परम्परागत शिक्षकको दबाब, आक्रोश र त्रासकाबीच एक बालकले अवोधरूपमा गरेको चतु¥याईंलाई बालमनोविज्ञानको ऐनामार्फत देखाउने प्रयत्न नाटकमा गरिएको छ। नाटकमा सकिना, कीर्ती, जब्बु, सर्जिला, दिया, योगेश, एलेक्स, आयुश, अडिन, कृष्णा, रोनिक महर्जन, निर्देश केसी र लुमन्ती डंगोलले अभिनय गरेका थिए। राजेश थापाको संगीत रहेको नाटकको परिकल्पना निर्देशक श्रेष्ठले नै गरेका थिए।

प्रतिक्रिया दिनुहोस्