अर्पण र आर्यालाई उपाधि



सईईको परिणामको प्रतीक्षामा रहेका किशोर किशोरीलाई लक्षित गर्दै राजधानीमा आयोजना गरिएको सौन्दर्य प्रतियोगितामा अर्पण राईले मिस्टर एसईई अफ द इयरको उपाधि चुम्दै भ्युअर्स च्वाइस र मस्ट टयालेन्टको उपउपाधिलाई आफ्नो बनाएका छन् भने आर्या पुडासैनीले मिस एसईई अफ द इयरको उपाधि चुम्दै मस्ट क्रियटिभ उपउपाधि आफ्नो बनाएकी छिन्।

रिबन इन्टरटेनमेन्टद्वारा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न यस वर्षको मिस्टर एन्ड मिस एसईई अफ द इयर–२०१८ अन्तर्गत मिस्टर एसईई अफ द इयरमा अदिक कार्की फस्ट रनर्सअप र बेस्ट ¥याम्पवाक र मस्ट यान्डसम तथा अनुराग कार्की सेकेन्ड रनर्सअपका साथमा मस्ट पपुलर र बेस्ट सिंगर भएका छन्।

श्रद्धा खरेलको कार्यक्रम संयोजन तथा अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा भएको प्रतियोगितामा सुजन खुलाल मस्ट डिसिप्लिन, कञ्चन खत्री बेस्ट फिजिक, नयन मगर मस्ट एक्टिभ, आशीष श्रेष्ठ युथ विथ रेस्पोन्सबिलिटी, प्रशान्त भण्डारी मस्ट पे्रmन्डली, उत्सव खतिवडा बेस्ट डान्सर, विनम्र राउत बेस्ट पर्सनालिटी, मेलिन राज पन्त मस्ट क्रियटिभ, सोनम खड्का मेनेजमेन्ट च्वाइस, सन्दीप श्रेष्ठ मस्ट डिजर्भिङ, कुमोद कार्तियन बडु फेसबुक च्वाइस र मस्ट फोटोजेनिक तथा प्रनिस मगराती सोसल वेलफेयर एम्बेस्डर छानिएका छन्।

अभिनेता विष्णु रिजाल, गायक, संगीतकार तथा अभिनेता एसकुमार, गायक तथा गीतकार सीताराम पोखरेल, मिसेस नेपाल इन्टरनेसनल–२०१८ सुरुची पाण्डे, शिक्षासेवी पंकज जलन र संगीतकर्मी तथा अध्यापक सरोज प्याकुरेल निर्णायक रहेको प्रतियोगिताअन्तर्गतको मिस एसईई अफ द इयरतर्प मुनस्टोन आचार्य फस्ट रनर्सअपका साथमा बेस्ट स्किन, अपेक्षा लुर्इंटेल सेकन्ड रनर्सअपका साथमा बेस्ट स्पिच, नेहा केसी थर्ड रनर्सअपका साथमा मिस टयालेन्ट तथा सविना शर्मा मस्ट पपुलरका साथमा फेसबुक च्वाइस र बेस्ट पर्सनालिटी चुनिए। त्यसै गरी सलिसा श्रेष्ठ भ्युअर्स च्वाइस, अनीषा थापा मस्ट डिसिप्लिन, प्रिया न्यौपाने मस्ट फोटोजेनिक र बेस्ट वाक, सृजा खरेल बेस्ट डान्सर, आराध्या साह बेस्ट हेयर, चन्दा श्रेष्ठ बेस्ट सिंगर, आश्मा थपलिया फेसन आइकन, स्वस्तिका न्यौपाने मस्ट फ्रन्डली र मस्ट चार्मिङ, आरती सिंह ब्युटी विथ पर्पस, ईशा कर्ण सोसल वेलफेर एम्बेस्डर, विनीषा शर्मा बेस्ट स्माइल र रितिका खड्का बेस्ट फिजिक चुनिए।

प्रतियोगिताको आयोजक रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले एसईईका विद्यार्थीको व्यक्तित्व र आत्मविश्वास विकासका लागि यो प्रतियोगिता वर्षेनी आयोजना गर्दै आएको बताए।

प्रतिक्रिया दिनुहोस्