धेरै कष्ट गरेर विश्वकप हेरेको थिए: नरशमशेर



नेपालमा फुटबल खेलको जन्मदाता मानिने नरशमशेर जबरा विश्वकप फुटबल प्रतियोगिता हेर्ने पहिलो नेपाली दर्शक हुनुहुन्छ। उहाँले २–२ पटक विश्वकप फुटबल प्रतियोगिता हेरिसक्नुभएको छ। सन् १९५८ मा स्वीडेन र सन् १९७४ मा पश्चिम जर्मनीमा भएको विश्वकप फुटबल हेरेको अनुभव उहाँले साधनासँगको भेटमा बताउनुभएको छ।

जुनबेला नेपाली दर्शकले टेलिभिजनमा सम्म चियाउन सक्दैनथे त्यस्तो अवस्थामा विश्वकपजस्तो खेल, त्यो पनि प्रत्यक्ष मैदानमा उपस्थित भएर हेरेको अनुभव सम्झ“दै नरशमशेर भन्नुहुन्छ– ‘त्यस समयको विश्वकप हेर्न जानु नै ठूलो कुरा हो। निकै दुःख कष्टका साथ म उक्त प्रतियोगिता हेर्न पुगेको थिएँ। मलाई त्यसबेला सबैभन्दा ठूलो समस्या खाने कुरामा परेको थियो। किनभने म हिन्दू भएकाले अरूले जस्तो जहाँ जे पायो खाने गर्दिन। त्यतातिर जहाँ पनि गाईको मासु मात्र पाइन्थ्यो।’

‘विश्वकप प्रतियोगितामा दर्शक भएर हेर्दा आफूलाई त्यसबेला निकै ठूलो गौरवको अनुभव भएको थियो। किनभने त्यस समयमा म पनि फुटबल खेलाडी थिएँ। विश्वकप हेरेर मैले धेरै कुरा जान्न र सिक्न पाएको थिएँ, जुन कुरा यहा“ फर्केपछि मैले प्रयोग पनि गरें।’ –उहाँले आफ्नो अनुभव बताउने क्रममा भन्नुभयो।

८३ वसन्त पार गरिसकेका नरशमशेरलाई अतीतका थुप्रै कुरा सम्झन गा¥हो परे पनि उहाँ त्यसबेलाको नेपालको फुटबल खेल र विश्वकप खेलको यसरी तुलना गर्न रुचाउनुहुन्छ– ‘ओ⁄ त्यो कुरा त गर्न मिल्दैन। कहाँ विश्वकप कहाँ हामी। उनीहरूको खेलसँग नेपाली खेलाडीको तुलना गर्नै बेकार छ।’ हामीले यहाँ अहिलेसम्म पनि खेलाडी स्वयम्ले नै आफ्नो खर्च गरेर खेल्नुपर्ने बाध्यता छ। त्यसबेला कतै प्रतियोगिता भयो कि म आफैंले मेरो टिमका खेलाडीलाई खर्च ब्यहोरेर लाने गर्थें। मलाई अहिले पनि विश्वकप हेर्ने रहर नभएको होइन। तर खर्च पनि धेरै लाग्छ, अब त बूढो पनि भइयो। तैपनि टेलिभिजनमा यसपालिको विश्वकप पनि नहेरी कहाँ छाड्छु र।’

तपाईंको अनुमानमा यस पटकको विश्वकप विजेता को होला त भन्दा उहाँ भन्नुहुन्छ– खै। आजभोलि नियमितरूपमा त मैले खेल हेर्न पाएको छैन। तैपनि मेरो अनुमानमा जर्मनी वा अर्जेन्टिनाले नै जित्ला कि।’

-sadhana

प्रतिक्रिया दिनुहोस्