३८ क्वीन्टल सुन तस्करी प्रकरणमा व्यवसायी अकबर शाह पक्राउ



काठमाडौँ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा व्यवसायी अकबर शाह पक्राउ परेका छन । ३८ क्वीन्टल सुन तस्करी प्रकरणसँगै सनम शाक्य हत्या प्रकरण अनुसन्धानका लागि व्यवसायी शाह पक्राउ परेका हुन । छानविन समितिले शाहलाई बिहीबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

ललितपुरमा रेष्टुरेन्ट सञ्चालन गरिरहेका शाह अवैध सुन तस्करीका लगानीकर्ता रहेको प्रहरीको दाबी रहेको छ । छानविन समितिले जनाए अनुसार ठेकेदार मकबुल शाहका छोरा अकबरको दुबईमा रहेका माफियासँग सम्पर्क देखिएको छ । इन्टरपोलको नेशनल सेन्ट्रल ब्युरो काठमाडौंमार्फत असार ४ मा इन्टरपोल मुख्यालयले सुन तस्करीका मुख्य नाइके एमके, चूडामणि उप्रेती गोरेका भाइ रमेश उप्रेती, बेनु श्रेष्ठ र हरिशरण खड्काविरुद्ध रेड नोटिस जारी गरेको हो ।

सरकारले गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन गरेको विशेष अनुसन्धान टोलीको छानबिनमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भएर भित्रने अवैध सुनमा उनीहरूको लगानी भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्