रुकुम पूर्वको रुकुमकोटमा गाडि दुर्घटना



धनवीर दाहाल/ रुकुम रुकुम पुर्वको सदरमुकाम रुकुमकोटमा बस दुर्घटना भएको छ । सदरमुकाम रुकुमकोटबाट दाङ जान छुटेको ना ५ ख ४०१२ नम्बरको गाडी केहि बेर अघि सिस्ने गाउपालिका ५ रुकुमकोटको मङ्ग्रा भन्ने ठाउबाट तल खसेको हो ।

दुर्घटनामा परि घाईते भएका ९ जनालाई उद्धार गरि जिल्ला जनस्वास्थ्यमा उपचार भैरहेको र अन्य बिस्तृत बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जानकारी दिएको छ । घाईतेहरुलाई सशस्त्र, नेपाल प्रहरी र स्थानीयहरुले उद्दार गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्