न्युजिल्यान्डका प्रधानमन्त्रीले छोरी पाइन्



अकल्यान्ड, (एजेन्सी)
न्युजिल्यान्डका प्रधानमन्त्री जासिन्दा आर्देनले आफ्नो पहिलो सन्तानको रुपमा विहिवार छोरी जन्माएकी छिन् । नवाजत शिशुको वजन ३ किलो ३१ ग्राम रहेको अस्पताल सुत्रले जनाएके छ ।
आधुनिक इतिहासमा आफ्नो कार्यकालमै सन्तान जन्माउने उनी विश्वकै दोश्रो निर्वाचित नेता भएक्ी छिन् । प्रशव वेदनाले च्यापेपछि आर्देनलाई हिजो बिहान सवेरै राजधानी शहर अकल्यान्डको एउटा अस्पतालमा भर्ना गरिएको थियो । उनलाई यसअघि चिकित्सकले दिएको तिथीको चारदिनपछि अस्पताल भर्ना गरिएको हो ।

३७ वर्षिया आर्देनले आफ्नो काम कारवाही उप प्रधानमन्त्री विन्स्टन पिटर्सलाई जिम्मा लगाएकीछिन् । उनले छ साता लामो सुत्केरी विदा लिएकीछिन् । तर उनले महत्वपुर्ण विषयहरुमा सल्लाह दिइनै रहने तथा विदामा पनि मन्त्रीमन्डलका कागजातहरु पढ्ने जानकारी दिएकीछिन् ।

आर्देनले सामाजिक संजाल मार्फत बच्चा जन्मेको सुखद समाचार सार्वजनिक गर्दै आफुलाई निकै भाग्यमानी ठानेको जनाएकी छिन् । साथै उनले अस्पतालका सम्पुर्ण कर्मचारीलाई सहयोगका लागि औपचारिक रुपमा धन्यवाद पनि दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्