इजरायली प्रधानमन्त्री पत्नी विरुद्ध भ्रष्टाचार अभियोग



ब्युनसआयर्स,(एजेन्सी)
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नी सारा नेतान्याहु विरुद्ध विहिवार सरकारी कोष दुरुपयोग काण्डमा संलग्न रहेका ेअभियोग लगाइएको छ । सारालाई प्रधानमन्त्रीको सरकारी निवास स्थानमा विभिन्न सेवा पु¥याउने क्रममा एक लाख अमेरिकी डलर हिनामिना गरेको अभियोग लगाइएको स्थानिय संचार माध्यमले जनाएके छ ।

न्याय मन्त्रालयले एक प्रहरी अनसुन्धानबाट उनले सरकारी कोषको नियम पनि तोडेको पाइएको जनाएके छ । तर सारा नेतान्याहुले आफु विरुद्ध लगाइएका सम्पुर्ण अभियोग अस्विकार गरेकीछिन् । यस मामिलामा उनीसंगै प्रधानमन्त्री कार्यालयका पुर्व उप महा निर्देशक एजरा सेइडोफलाई पनि अभियोग लगाइएको छ ।

जेरुसेलम जिल्ला न्यायाधिवक्ताको कार्यालये सम्पुर्ण प्रमाणहरु माथि पुनरावलोकन र मुद्धाको सम्पुर्ण परिस्थितीलाई जोखेपछि मात्र ति दुई विरुद्ध अभियोग लगाउने निर्णय गरिएको जानकारी दिएके छ ।

गत वर्ष महा न्यायाधिवक्ता आभिचाइ म्यान्डलब्लिटले लामा ेअनुसनधानपछि आफुले प्रधानमन्त्री पत्नी नेतान्याहु विरुद्ध अभियोग लगाउने विचार गरिरहेको जनाएका थिए । यस विषयलाई इजरायली सन्चार माध्यमले ठूलो प्राथमिकता दिँदै आएको छ ।

यिनिहरु दुवै विरुद्ध सन् २०१० को सेप्टेम्वर देखि २०१३ को मार्चबिच प्रधानमन्त्रीको सरकारी निवासमा खाना खरिद एवं निजी भान्छेलाई काममा लगाउँदा आर्थिक अनियमित गरेको अभियोग लगाइएको छ ।

तर बेन्जामिन नेतान्याहुले लामो समयदेखि आफ्ना राजनीतिक विपक्षीहरुले आफुहरुविरुद्ध षडयन्त्रको लागि चलखेल गरिरहेका ेभन्दै आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्रीको फेसबुक पेजमा सारा नेतान्याहु शक्तिशाली र सम्मानित महिला भएको र उनको काममा कहिल्यै पनि कुनै त्रुटी हुन नसक्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्