भेनेजुयलाका पसल पसलमा सेना परिचालित



काराकास,(एजेन्सी)
‘ आर्थिक युद्ध ’ लाई रोक्ने प्रयास स्वरुप भेनेजुयलाले झण्डै एकसय वटा खाद्यान्न बजारमा विहिवारदेखि सेना तैनाथ गरेको छ । बजारमा पसलेहरुले मुल्य नियन्त्रित वस्तुहरु पनि महँगोमा बिक्रि वितरण गरिरहेको खवर प्राप्त भएपछि राष्ट्रपति निकोलस मादुरोले सेना परिचालनका लागि आदेश दिएको बताइएको छ ।

विश्वकै सबैभन्दा बढि मुद«ा अवमुल्यन हुने गरेको भेनेजुयलामा आधारभुत खाद्य पदार्थका ेनिकै अभाव रहेको छ ।

अधिकांश भेनेजयुलाका जनताले भोकभोकै बस्नु परेको गुनासो गर्न थालेका छन् । राष्ट्रपति मादुराले अन्तर्राष्ट्रिय नाकावन्दि र लोभी व्यापारीहरुका कारण खाद्यान्न अभाव देखिएको आरोप लगाएका छन् ।

तर उनका विारेधीहरुले भने सरकारको आफ्नै आर्थिक नीतीको कारण यो दुर्दशा भएको आरोप लगाउने गरेका छन् । तिनीहरुले पुर्व राष्ट्रपति ह्युगो चाभेजलाई पनि तेलका लागि धनी राष्ट्र भेनेजुयलाको अर्थतन्त्र ध्वस्त पारेको अभियोग लगाएका छन् ।

राष्ट्रपति मादुराले भनेका छन् , ‘ महानगरपालिकाका बजारहरुमा गरिएको अभियानले ठूलो सफलता हासिल गरेका छ । नेसनल गार्ड र सेनाका सदस्यहरुलाई राष्ट्रभरिकै खाद्य स्टलहरुमा गश्तीमा परिचालन गरिएको हो ।

यसैक्रममा ठूला संख्यामा थोक बिक्रेता , चोहरु र पुँजीपतिहरुलाई गिरफतार गरिएको छ । ’ उद्योग तथा उत्पादन मन्त्री तारेक एल आइस्सामीले सेनाले बजारमा सामानका ेमुल्य अनुगमन गरेको तथा गैरकानुनी हरकतमा संलग्न रहेकालाई गिरफतार गरेको जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्