आप्रवासी बच्चालाई मातापितासँग अलग्ग नगर्न ट्रम्पको आदेश



वासिंगटन (एजेन्सी)
अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले अन्तत अवैध आप्रवासीलाई उनीहरुको बच्चासँग अलग्ग नगर्ने आदेशमा दस्तखत गरेका छन् । उनले आप्रवासीहरु सँगै बस्न पाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

आदेशमा अब अवैध आप्रवासी परिवारलाई एकसाथ हिरासतमा लिइने उल्लेख गरिएको छ । यद्यपी यदि मातापितालाई हिरासतमा लिँदा बच्चामाथि गलत प्रभाव पर्ने आसंका भएमा उनीहरुलाई अलग्ग राखिने छ ।

आदेशमा बच्चालाई उनका मातापितासँग कति समयका लागि अलग्ग राख्ने भन्ने प्रष्ट गरिएको छैन । ट्रम्पको यो पछिल्लो आदेश कहिले देखि लागु हुन्छ भन्ने पनि स्पष्ट भएको छैन ।
आदेशमा एकै परिवारबाट कयौं सदस्यलाई हिरासतमा लिइएका मामिलालाई प्राथमिकतामा राख्न भनिएको छ ।

ट्रम्पले आफु आमाबुबासँग अलग्ग भएका बच्चाको तस्वीर हेरेपछि आफनो मन पग्लेको र त्यसैले आफुले उक्त आदेश जारी गरेको बताए ।

आफनी पत्नी मेलानिया ट्रम्प र छोरी इवान्काले पनि परिवारलाई सँगै राख्नु पर्नेमा समर्थन गरेको ट्रम्पले बताए ।

ट्रम्पले आदेशमा हस्ताक्षर गर्नु केहि समय अगाडी पुर्व अमेरिकी राष्टपति बाराक ओबामले फेसबुक पोस्टमा सरणार्थी तथा आप्रवासीलार्य स्वागत गर्ने प्रक्रिया खोज्नु नै अमेरिकाको परम्परा भएको उल्लेख गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्