कहिले बन्छ छुसाङ–चैले मोटरेबल पुल ?



मुस्ताङको निर्माणाधीन छुसाङ–चैले मोटरेबल पुल आयोजनाले १८ महिनामा पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेको पाँच वर्ष बित्यो तर पुल निर्माणको काम भने बल्ल ५० प्रतिशत सम्पन्न भएको छ । ठेक्का पाउन ठेकेदाहरुबीच अहिलेसम्म बलकै प्रतिस्पर्धा हुन्छ । कसैलाई बन्धक बनाएर टेन्डर पारिसकेपछि काम शुरु गरेको कागजी प्रक्रिया शुरु गर्छन् र लागतको १० प्रतिशत रकम हात पार्छन् । उक्त रकम सम्बन्धित निर्माण कार्यमा खर्च गर्दैनन् । यो रकम जग्गा वा शेयरमा लगानी गर्छन् र आरामले बस्छन् ।

निर्माण अवधिको मिति सकिनै लाग्छ अनि उनीहरुको रेडिमेड भनाइ सार्वजनिक हुन्छ– कामदार पाइएन, काम गर्ने वातावरण भएन आदि । ठेक्कापट्टासँग सम्बन्धित अड्डाका सरकारी कर्मचारीको दशैँ, तिहार, छोराछोरीको स्कुल फीलगायतका खर्च ठेकेदारहरुले धान्दै आएका हुन्छन् । मुस्ताङजस्तै जिल्लाका सबै ठाउँमा ठेकेदारको लापरबाही भइरहेको छ । यसमा सबै मौन छन् । सबैको ध्यान जाओस् ।

– प्रभा न्यौपाने, बाग्लुङ

प्रतिक्रिया दिनुहोस्