‘आफूले उत्पादन गरेको दूध आफैं पिउन सक्नुपर्छ’



नेपाल समाचारपत्र, काठमाडौं
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले आयातित पाउडर दूधलाई केही समय बन्द गरिने बताउनुभएको छ । मुलुकभित्रकै दुग्ध उद्योग र डेरीलाई प्रवद्र्धन गर्नका लागि अन्य मुलुकबाट आयात भइरहेको धुलो दूधलाई बन्द गरिने उहा“को भनाइ छ ।

सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) र निजी क्षेत्रका डेरी सञ्चालकहरुस“ग मन्त्रालयमा छलफल गरेपछि मन्त्री खनालको यस्तो धारणा आएको हो ।
‘पाउडर दूध आयात केही समयका लागि बन्द हुन्छ । धुलो दूध उत्पादन गर्ने स्वदेशी कारखानालाई सहुलियत दिने व्यवस्था पनि सरकारले गर्छ ।

तर, व्यवसायीहरुले म्याद गुज्रेर पनि बेच्न राखेका पाउडरको माया मारौं ।’ मन्त्री खनालले भन्नुभयो । केही समय अघि खनालकै नेतृत्वमा राजधानीका विभिन्न दूध डेरीमा अनुगमन भएको थियो । अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका २ वटा डेरीका ४ गोदाममा शिलबन्दी गरिएको छ ।

सरकारले गरेको अनुगमन र शिलबन्दी गरिएका गोदाममा रहेको धुलो दूधका विषयमा छलफल गर्न मन्त्रालय आएका दुग्ध व्यवसायीलाई मन्त्री खनालले अखाद्य र मिति गुजे्रको धुलो दूधको माया मार्नुपर्ने बताउनु भएको हो । ‘अनुगमन चर्चामा आउनका लागि मात्र गरिएको होइन । अहिलेका विकृतिलाई निष्कर्षमा नपु¥याएसम्म जति बेला र जहा“ पनि अनुगमन हुन्छ। हामी वर्षमा ५०औं पटक पनि अनुगमन गर्छौैं र जनताको स्वास्थ्यमा खेलवार्ड गर्ने जो कोहीलाई पनि छोडिन्न,’ मन्त्री खनालले भन्नुभयो । अनुगमनपछि व्यवसायीस“ग कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रीको यो दोस्रो छलफल हो ।

उहा“ले चितवनको पाउडर डेरीको पुनर्संञ्चालन गर्न र डीडीसीलाई स्तरोन्नती गर्न पनि निर्देशन दिनुभएको छ। ‘कर्मचारी अभाव भएर सरसफाई हुन नसकेको भए थपेर भएपनि सफा गर्नुुहोस तर उपभोक्ताको खाद्य अधिकार माथि खेलबाड गर्न पाउनु हुन्न । ’ डीडीसीका निमित्त महाप्रबन्धक ईश्वरीराज गौतमलाई निर्देशन दि“दै मन्त्री खनालले भन्नुभयो । गौतमले गुणस्तर र दूधको संकलनमा निकै ठूलो समस्या रहेको मन्त्री खनाललाई जानकारी गराउनुभएको छ ।

‘हामीले दूध किन खाने भन्ने नै प्रश्न खडा भएको छ । हाम्रो दूधमा युरिया छैन । धेरै सहकारीले बिहान र बेलुका दुईपटक दूध संकलन गर्दैनन् । दुईपटक दूध संकलन गरे यो समस्या रह“दैन । सरकारले छापा मारेपछि दैनिक १० हजार लिटर दुध बिक्री हुन छाडेको छ । गुणस्तरको तलैदेखि अनुगमन गरौं ।’ गौतमले भन्नुभयो ।


‘सरसफाइमा र उपभोक्ताको स्वास्थ्यको ख्याल गर्न सके सञ्चार माध्यमस“ग डराउनु नपर्दैन । तपाईंले उत्पादन गरेको दूध जबसम्म तपाईं आफैं खान सक्नुहुन्न तबसम्म उपभोक्तालाई न्याय गरेको भन्न मिल्दैन ।’


नेपाल डेरीका सञ्चालक अरनिको राजभण्डारीले सरकारले गरेको बजार अनुगमन कार्यलाई आफुहरुले सहयोग गर्ने तर अनुगमनमा जा“दा सञ्चार माध्यमलाई लैजान नहुने बताउनुभयो । छलफलका क्रममा उहा“ले भन्नुभयो–‘अनुगमनलाई निरन्तरता दिनुपर्छ ।

त्यसमा हामी सहयोग नै गछौ । तर, सञ्चार माध्यमसहित अनुगमनमा जा“दा त्यसले राम्रो सन्देश दिएको छैन । उपभोक्तामा दूध भन्ने चिज त खानै नहुने रहेछ भन्ने भान परेको छ । त्यसैले सञ्चार माध्यम नलगेरै अनुगमन गरौं ।’ कच्चा दूध कस्तो आएको छ भन्ने कुरा डेरी सञ्चालकलाई थाहा नहुने भएकाले ससरकारले दूध भित्रने नाकामै चेकजा“च गर्नुपर्ने राजभण्डारीको भनाइ छ ।

त्यसैगरी राजधानी डेरीका सञ्चालक राजकुमार दाहालले केही डेरी दर्ता नभई सञ्चालन भइरहेको र उनीहरुले सरकारलाई करसमेत तिर्नु नपरेको बताउनुभयो । ‘कर नतिर्दा उनीहरुले सस्तोमा दूध बेच्छन् । हामी कर तिरेर उनीहरुस“ग प्रतिस्पर्धा गर्न सक्दैनौं ।’ उहा“ले भन्नुभयो । केन्द्रीय दुग्ध सहकारी संस्थाका अध्यक्ष्ँ नारायण देवकोटाले अहिले विदेशबाट धेरै सस्तोमा पाउडरको आयात भइरहेकाले त्यसलाई रोक्नु आवस्यक रहेको बताउनुभयो ।
‘धुलो दूध आयातलाई रोकेर मुलुकभित्रैबाट दैनिक दुईलाख लिटर दूध संकलन भए मिल्क होलिडे ह“ुदैन ।’ देवकोटाले भन्नुभयो ।

व्यवसायीहरुले सरकारी टोली सञ्चार माध्यमसहित अनुगमनमा जा“दा उपभोक्तामा त्यसको नराम्रो सन्देश गएको भन्ने विषयको बचाउ गर्दै मन्त्री खनालले दुग्ध उद्योग तथा डेरीले मिसावट नगरी गुणस्तरीय दूध उत्पादन गर्ने तथा सरसफाइमा र उपभोक्ताको स्वास्थ्यको ख्याल गर्न सके सञ्चार माध्यमस“ग डराउनु नपर्ने बताउनभुयो ।

‘सञ्चार माध्यमले राम्रोलाई नराम्रो त पक्कै भन्दैन होला । तपाईले उत्पादन गरेको दूध जबसम्म तपाईं आफैं खान सक्नुहुन्न तबसम्म उपभोक्तालाई न्याय गरेको भन्न मिल्दैन ।’ मन्त्री खनालले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्