बेलबारी नगरपालिकाले बजेट ८० करोड



विराटनगर, (नेस)
मोरङको बेलबारी नगरपालिकाले ८० करोडको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको दोस्रो नगरसभामार्फत् आर्थिक वर्ष २०७५÷७६ का लागि ८० करोड वरावरको वजेट पारित भएको हो ।

नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी अध्यक्ष रहेको उक्त नगरसभामा उपमेयर ढाकाकुमारी पराजुलीले प्रस्तुत गर्नुभएको आव २०७५/७६ को नीति तथा कार्यक्रम सहितको बजेट पारित भएको हो ।

भौतिक पूर्वाधारमा विशेष महŒव दिएर सार्वजनिक गरिएको बजेटमा सबैभन्दा बढी भौतिक पूर्वाधार विकासका लागि कुल बजेटमध्ये ३८ दशमलव ७ प्रतिशत रकम छुट्याइएको छ ।

भौतिक पूर्वाधार विकास शीर्षक अन्तर्गत ३० करोड ४६ लाख ५३ हजार रकम बिनियोजन गरिएको छ । बिहीबार पारित गरिएको बजेटमा नगरपालिकाले प्रशासनिक खर्चतर्फ ९ करोड ६५ लाख ६६ हजार, आर्थिक विकास समिति तर्फ २ करोड ८२ लाख ८० हजार, सार्वजनिक सेवातर्फ २ करोड ४४ लाख ३५ हजार, सामाजिक विकासतर्फ ३१ करोड ८८ लाख ५४ हजार र वन विकासतर्फ ४ करोड ५६ हजार ५८ लाख गरी ८० करोड २ लाख १४ हजार छुट्याईएको छ ।

त्यस्तै नगरपालिकाले आव २०७५/७६ को बजेट तथा कार्यक्रम संचालनका लागि शिक्षा तथा खेलकुद, जनस्वास्थ्य, सामाजिक, कृषि, पशु, वन व्यापार तथा वाणिज्य, विपद व्यवस्थापन, खानेपानी तथा सिंचाईको व्यवस्थापन, वातावरण तथा फोहोर व्यस्थापन, प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापन, पर्यटन प्रवर्धन, शान्ति सुरक्षा, पुर्वाधार, सूचनागैर सरकारी संस्था र सहकारी, तथ्यांक, राजस्व अभिवृद्धि, न्यायिक, सुसाशान आदि क्षेत्रको पनि निर्धारण गरेको छ ।

नगरपालिकाले आन्तरिक स्रोतबाट ४ करोड ६१ लाख ५० हजार रुपिया“ र बाह्यस्रोतबाट ७५ करोड ४० लाख ६४ हजार रुपिया“ गरी कुल ८० करोड, २ लाख १४ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्