अस्पतालको विशेष निगरानीमा भट्टराई



काठमाडौं, (नेस)
मस्तिष्कघात भएपछि नर्भिक अस्पतालमा भर्ना हुनु भएका नेपाली कांग्रेसका नेता मनमोहन भट्टराईको उच्च निगरानीका साथ उपचार भइरहेको छ ।

स्वास्थ्यमा खासै सुधार आउन नसकेपछि विशेष निगरानीका साथ उपचार जारी रहेको भट्टराईको पारिवारिक स्रोतले जनाएको छ । नेता भट्टराई गत साता अस्पताल भर्ना हुनु भएको थियो ।

डा. राजेन्द्र अग्रवाल लगायतको चिकित्सक टोली उहाँको विशेष उपचारका लागि खटिएको छ । भट्टराईको मृगौलामा समेत समस्या देखिएपछि उपचारमा निगरानी बढाइएको अस्पतालले जनाएको छ ।

नेता भट्टराई नियमित स्वास्थ्य परीक्षणका लागि २ महिना अघि भारत पुग्नु भएको थियो । सो बेला उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्