खोटेहाङमा आप्रवासी हकहित संरक्षण केन्द्र



खोटाङ (नेस)
वैदेशिक रोजगारीमा गएका ब्यक्ति तथा तिनका परिवारको हकहितमा काम गर्ने उदेश्यले खोटाङको खोटेहाङ गाउँपालिकामा आप्रवासी हकहित संरक्षण केन्द्र गठन गरिएको छ ।

वैदेशिक रोजगारीमा गई फर्किएर अव नजाने प्रण गरेका ब्यक्तिहरु समाबेश हुने संरक्षण केन्द्रको पालिका स्तरीय अध्यक्षमा ईन्द्रकुमार राई(नारथुङ्गे) लाई चयन गरिएको छ ।

गाउँपालिकामा भएको बिशेष भेलाबाट गठन गरिएको नौं सदस्यीय केन्द्रले बैदेशिक रोजगारलाई सुरक्षित ,मर्यादित र उपलब्धिमुलक बनाउन सुरक्षित बैदेशिक रोजगार सम्बन्धि सूचना प्रवाह गर्ने समेत काम गर्ने जनाएका छन् ।

केन्द्रले स्थानिय निकायहरुसँग समन्वय गरेर सुरक्षित बैदेशिक रोजगार सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्ने,बैदेशिक रोजगार सम्बन्धी समस्याहरुसम्बन्धित निकायसम्म पु¥याउने कार्य संरक्षण केन्द्रले गर्ने जनाईएको छ ।

वैदेशिक रोजगार सम्बन्धी कानुनी पैरबी गर्ने, वैदेशिक रोजगार सम्बन्धी योजना छनोटमा सहजिकरण गरी कार्यक्रमहरु गर्ने लगायतका कामहरु गर्नका निम्ति आप्रवासी हकहित संरक्षण केन्द्र गठन गरिएको हो। बालसेवा समाज नेपाल नेर्पा खोटाङले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना सामीको सहजीकरणमा केन्द्रको गठन गरिएको बिद्यालय तथा आम सञ्चार कार्यक्रमको संयोजक ओजोनबावु आचार्यले बताउनुभयो ।

यसअघि, जिल्लाको रावाबेंसी, हलेसी तुवाचुङ लगायतको स्थानीय तहमा आप्रवासी हकहित संरक्षण केन्द्र गठन भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्