अर्जेन्टिना विरुद्ध क्रोएसियाको २ गोल



एजेन्सी ।
रसियामा जारी विश्वकप फुटबलमा समूह डी अन्तर्गत खेलमा अर्जेन्टिना विरुद्ध क्रोएसियाको अग्रता जारी रहेको छ । खेलको पहिलो हाफसम्म ०–० गोल रहित बराबरी टुंगिएको खेलको ५३ औँ मिनेटमा क्रोएसियाका लागि रेविकले १ गोल गरेर अग्रता दिलाए भने खेलको ८० औँ मिनेटमा क्रोएसियाका अर्का खेलाडी मोड्रिकले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए ।

यससँगै क्रोएसिया २–०ले पछाडि परेपछि अर्जेन्टिना दबाबमा रहेको छ । क्रोएसियाले पहिलो खेलमा नाइजेरियालाई २–० ले हराएको थियो भने अर्जेन्टिना पहिलो पटक बिश्वकपमा सहभागि आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो । आजको यस खेलमा क्रोएसियालाई हराउनै पर्ने दबाब अर्जेन्टिन सामु आईपरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्