इजरायलका प्रधानमन्त्री पत्नीलाई जरिवाना



जेरुसेलम

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नीलाई छली गरेको आरोपमा बिहीबार सजाय तोकिएको छ ।  छली गरेर सरकारी कोषको दुरुपयोग गरेको आरोपमा उहाँलाई सजाय गरिएको कानून मन्त्रीले बिहीबार जानकारी दिनुभयो ।

जेरुसेलमको जिल्ला वकीलको कार्यालयले प्रधानमन्त्री पत्नी सारा नेतान्याहुका विरुद्धमा मुद्धा दायर गरेको कानून मन्त्रीले जारी वक्तव्यमा उल्लेख गर्नुभएको छ ।

आफ्नो घरमा पकाउने र खुवाउने कुनै कर्मचारी नभएपछि उहाँले केही व्यक्तिहरुलाई प्रधानमन्त्री कार्यालयको खर्चमा रेस्टुरेन्टमा खाना खुवाउनु भएको र त्यसका लागि एक लाख अमेरिकी डलर खर्च भएको भन्ने बिषयमाथि गरिएको छानविनमा ५९ बर्षिय साराले जरिवानको सजाय पाउनुभएको हो ।

उहाँमाथि घुस लिएको, झूट बयान दिएको र विश्वासप्रति धोखा दिइएको बताइएको छ । सारासँगै प्रधानमन्त्री कार्यालयका पुर्व उप महानिर्देशक इज्रा साइडोफलाई पनि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा कारबाही भएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्