फ्रान्सलाई स्तब्ध बनाउने मुडमा पेरू



एजेन्सी ।
रसियामा जारी २१ औँ सँस्करणको विश्वकप फुटबलमा समूह सी को दोस्रो खेलका लागि फ्रान्स र पेरु बिचको खेल सुरु भएको छ ।  ३६ वर्षपछि विश्वकपमा छनोट भएका दक्षिण अमेरिकी मुलुक पेरुले फ्रान्सलाई यस खेलमार्फत स्तब्ध बनाउने दाउमा रहेको छ ।

पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध संघर्षपूर्ण २–१ को जित निकालेको फ्रान्सका लागि पेरू तुलनात्मक कमजोर टोली हो । पहिलो खेलबाट ३ अंक जोडिसकेको फ्रान्सका लागि दोस्रो खेल जित्नु भनेको अन्तिम १६ को ढोका खोल्नु सरह हो ।

यी दुईबीच एक पटक मात्र म्याच भएको छ । सन् १९८२ को अप्रिल २८ भएको अन्तर्राष्ट्रीय मैत्रीपूर्ण खेलमा पेरूले फ्रान्सलाई १–० ले पराजित गरेको थियो । यदि यस खेलमा पेरुले फ्रान्सलाई बराबरीमा रोक्न सके दोस्रो खेलका लागि फाइदा हुनेछ । फ्रान्स हारिहालेमा खेल अझ रोचक बन्नेछ भने पेरु हारेमा समूह चरणबाटै बाहिरिनु पर्नेछ ।

यता पहिलो खेलमा पेनाल्टीको अवसरमा गोल गर्न नसकेपछि पेरुलाई डेनमार्कले १–० ले पराजित गरेको थियो । उक्त खेलमा बल पोजीसन राम्रो बनाए पनि स्ट्राइकरहरुमा फिनिशिंगको अभाव देखिएको थियो । पेरुका सर्वा्धिक गोलकर्ता गुरेरोको अनुपस्थितिमा जेफर्सन परफानलाई विश्वकपमा आक्रमणको जिम्मेवारी दिइए पनि पहिलो खेलमा उनको प्रदर्शन फिका रह्यो ।

यस्तै मिडफील्डमा क्रिस्टन क्यूबाले पनि धेरै बल होल्ड गर्ने बानी सुधार्न आवश्यक छ । यदि स्ट्राइकरहरुले फिनिशिंगमा सुधार गर्ने हो भने फ्रान्सविरुद्ध पेरुले सनसनी नतिजा निकाल्न नसक्ला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्