जुवा खालबाट ४८ हजार नगद सहित पाँच पक्राउ



लमजुङ, (नेस) लमजुङ प्रहरीले जुवा खालबाट सहित ५ जना पक्राउ गरेको छ । प्रहरीले नगद ४८ हजार पनि उनीहरुको साथबाट बरामद गरेको छ ।

लमजुङको जिल्ला सदरमुकाम स्थित बेसीशहर नगरपालिका– ८ शेरा बजारमा बिक्रम थापाले सञ्चालन गरेको खाजा पसलमा हार जितको बाजी राखी जुवा तास खेल्दै गरेका ५ जना मानिसहरूलाई फेला पारी पक्राउन गरीएको जिल्ला प्रहरी कार्यालयका प्रमुख यादव ढकालले बताउनु भयो ।

उहाँका अनुसार उहाँका अनुसार सो खालबाट नगद ४८ हजार ७ सय ५५ रुपैया नगद र १६० पत्ति ताससमेत बरामद गरी प्रहरीले ल्याएको छ । पक्राउ पर्नेमा पसल सञ्चालक बिक्रम थापा समेत जुवा/तास खेल्ने ५ जनालाई पक्राउ गरीएको छ । उनीहरूका विरुद्धमा लमजुङ जिल्ला अदातलमा जुवा मुद्धा दर्ता गरी म्याद थप गरेर ल्याई थप अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूका विरुद्धमा लमजुङ जिल्ला अदातलबाट जुवा मुद्धा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्