मस्र्याङ्दी गाउँपालिकाको चालु भन्दा पुँजीगत खर्च बढी



लमजुङ (नेस)
लमजुङको मस्र्याङ्दी गाउँपालिकाको चालु आर्थिक वर्षमा चालु भन्दा पुँजीगत खर्च बढी देखिएको छ । सो गाउँपालिकाले आयोनना गरेको सार्वजनीक सुनुवाई कार्यक्रममा त्यस्तो खुलासा भएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बद्रिनाथ सापकोटाले आर्थिक बर्ष २०७४/७५ को आय/व्याय सहित खर्च विवरण सार्वजनिक गर्दै त्यस्तो जानकारी दिनु भएको हो । उहाँले भन्नुभयो, ‘गाउँपालिकाले आव २०७४/७५ को आय तर्फ १८ करोड ३६ लाख २४ हजार, ५ सय ५२ रुपैँया खच भएको छ ।’ त्यस्तै वित्तिय अनुदान तर्फ १७ करोड, ५७ लाख ३८ हजार रहेको छ, भने आन्तरिक आम्दानी २५ लाख रहेको अधिकृत सापकोटाले बताउनु भयो ।

गाउँपालिकाले पुँजीगत खर्च भन्दा ५१.२ प्रतिशतले चालु खर्च कम गरेको छ । १३ करोड ८८ लाख, २४ हजार ५ सय ५२ पुँजीगत खर्च हुँदा चालु तर्फ भने, ४ करोड ४८ लाख मात्र खर्च गरेको छ । गाउँपालिकाको कन्टेन्जेन्सी खर्च ३१ लाख ३४ हजार रहेको देखिन्छ । गाउँपालिकाको सशर्त अनुदान ११ करोड, ८४ लाख ४ हजार रहेको छ । गाउँपालिकाले वडा कार्यालय तर्फका विकास आयोजनाहरुमा ८ करोड ४० लाख खर्च गरेको छ, भने गाउँपालिका तर्फका विकास आयोजनाहरुमा भने, ५ करोड १६ लाख, ९० हजार ५ सय ५२ रकम खर्च गरेको जनाएको छ ।

सो अवसरमा गाउँपालिकाले शुरुवात गरेको ३७ ओटा उदाहरणीय कार्य समेत प्रस्तुत गरिएको थियो । स्थानीयले सो अवसरमा उठाएका जिज्ञासाहरूको सम्बन्धित वडाका अध्यक्षहरू, गाऊँ कार्यपालिका सदस्यहरू तथा गाउँपालिका उपाध्यक्ष होमबहादुर विक र गाउँपाकिलाका अध्यक्ष अर्जुन गुरुङले जवाफ दिदै कमीकमजोरीलाई आउँदा वर्षमा सुधार गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्