पहिलो हाफमा डेनमार्क र अष्ट्रेलिया बराबरीमा



एजेन्सी ।
रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘सि’ को खेलमा डेनमार्क र अष्ट्रेलिया बिचको हाफटाईम सम्मको खेल १–१ गोलको बराबरीमा पुगेको छ ।  खेलको सातौँ मिनेटमा अष्टे«लियाविरुद्ध डेनमार्कले पहिलो गोल गरेर अग्रता लिएको थियो ।

डेनमार्कका लागि क्रिस्टियन इरिक्सनले गोल गरेर डेनमार्कलाई अग्रता दिलाएका हुन् । खेलको ३५ औँ मिनेट जाँदा भने डेनमार्कका खेलाडी युरारीले आफ्नो डिबक्सभित्र ह्याण्ड गरेपछि अष्ट्रेलियाले पेनाल्टी पाएको थियो ।

अष्ट्रेलियाका खेलाडी जेडिन्याकले पेनाल्टी सुटआउट मार्फत गोल गर्दै डेनमार्क विरुद्ध १–१ गोलको बराबरीमा खेलको पहिलो हाफसम्म पुर्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्