लिफ्टिङ प्रविधिबाट खानेपानी



लिफ्टिङ प्रविधि मार्फत संचालन हुन लागेको खानेपानी आयोजनाको काम गदै स्थानीयबासी ।

हिक्मत नेपाली, दैलेख । जिल्लाको गुराँस गाउँपालिकाले खानेपानीको समस्या भएका विभिन्न क्षेत्रहरुमा खानेपानी पु¥याउने गरि लिफ्टिङ प्रविधि मार्फत प्रारम्भिक काम सुरु गरेको छ । गाउँपालिकाले पहिलो चरणमा सबैभन्दा ठुलो खानेपानी आयोजना मध्ये झ्याजे भिउचुला लिफ्टिङको काम सुरु गरेको छ । पानीको समस्या समाधान गर्न प्राररम्भिक काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

यसअघि लिफ्टिङबाट दोबाटो भन्ने स्थानमा पानी पु¥याइसकेको छ । पहिले ट्याङ्की बनाएर त्यसमा पानी जम्मा गरि मोटर मार्फत भिउचुला पानी पु¥याइने छ । करिब २ किलोमिटिरको दुरीमा पानी उकालोमा चढाउनुपर्ने छ । यो आर्थिक बर्षमा १५ लाख रकम छुट्टाइएको उक्त आयोजनाको काममा केहि विवादहरु देखिएपनि अहिले विवाद समाधान भएपछि काम सुरुवात भएको उपभोक्ता समितिका अध्यक्ष भक्त बहादुर केसीले बताए ।

पानी लिँदा आफुहरुलाई समस्या हुने भन्दै तल्लो गर्चाका केहि स्थानियले त्यँहाबाट पानी लिन नपाउने भन्दै गाउँपालिकामा निवेदन समेत दिएका थिए । अन्ततः गाउँपालिकासँगको सहमतीमा पानी लिफ्टिङ गर्न त्यँहाका स्थानिय सहमत भएका हुन् । अहिले गाउँपालिकाले दिएको स्टेमेट अनुसार मुहान नजिक ट्याङ्की बनाउनको लागि काम सुरु गरिएको छ । यो आर्थिक बर्षमा छुट्ट्याइएको बजेटले ट्याङ्की निर्माण गर्ने उपभोक्ता समितीका अध्यक्ष केसीले जानकारी दिए ।

झ्याजे भिउचुला लिफ्टिङको काम सम्पन्न गर्न करिब एक करोड रुपैयाँ लाग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ । यो खानेपानी आयोजान सम्पन्न भइसकेपछि २ सय घर लाभाम्बित हुने छन् । गाउँपालिकाको भिउचुला, मेलपोखरा तथा आसपासका क्षेत्रहरुमा चरम खानेपानीको समस्या हुँदै आएको छ । गाउँपालिकाले यो आर्थिक बर्षमा ६ वटा लिफ्टिङ प्रविधिबाट पानी तान्ने योजना बनाएको थियो ।

जसमध्ये एउटा काम सम्मपन्न भइसकेको छ । अन्य ५ वटा ठुला योजनाहरुको काम एकैसाथ सरु भएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । अबको दुइ बर्षमा सबै काम सम्पन्न गर्नेगरी काम थालिएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले जानकारी दिए । यी सबै लिफ्टिङ सिस्टमका आयोजनामा यो आर्थिक बर्षमा गाउँपालिकाले ६० लाख बजेट छुट्ट्याएको थियो ।

लिफ्टिङ सिस्टमबाट बन्न लागेका आयोजनाहरु मर्खे लिफ्टिङ खानेपानी आयोजना, डुडापोखरा खानेपानी आयोजना, तारापोखरी लिफ्टिङ र बुबैराखे लिफ्टिङ रहेका छन् । मर्खे लिफ्टिङको काम पनि सुरु भएको उपभोक्ता समितीका अध्यक्ष रन बहादुर रोकायले जानकारी दिए । यो आयोजनाको लागि यो आर्थिक बर्षमा गाउँपालिकाले २ लाख ५० हजार छुट्ट्याएको छ । गाउँपालिकाले खानेपानीको समस्या भएका विभिन्न क्षेत्रहरुको पहिचान गरी लिफ्टिङ प्रविधि मार्फत पानी तान्नेगरी योजना बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्