प्रेमिकाको मुहार हेर्न युवराजले खोले किराना पसल



गायक युवराज चौलागाईंले नयाँ गीत किराना पसलको अडियो भिडियो सार्वजनिक गरेका छन्।
गायक चौलागाईंले आफ्नो आधिकारिक युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरेका हुन्। गायक गायिकाहरूले हिजोआज आफ्नै युट्युब च्यानल सञ्चालनमा ल्याउने गरेका छन्। जसबाट उनीहरूले आफ्ना सिर्जना दर्शक स्रोतामाझ सार्वजनिक गर्ने गर्दछन्।

रोमान्टिक शैलीको यो गीतमा क्षितिज सापकोटाको शब्द तथा संगीत रहेको छ भने राजन इशानले संगीत संयोजन गरेका छन्। गीतमा सञ्जीव बराइलीको गीतार, भुवन गन्धर्वको तबला तथा सञ्जीव मैनालीको बाँसुरीवादन रहेको छ।

गीतमा हरेक दिन प्रेमिकाको मुहार हेर्ने बानी लागेकाले प्रेमिकाको घरकै अगाडि किराना पसल खोल्न तयार भएका उनको म्युजिक भिडियोमा उनको साथमा अनुष्का पाठकको प्रमुख अभिनय रहेको छ।

भिडियोमा युवराजले चुलबुले पे्रेमीको रूपमा अभिनय गरेका छन्। साथमा विनोद पौडेल, अशिना थपलिया तथा राज न्यौपाने पनि भिडियोमा देखिएका छन्। शान थापाको निर्देशन र राजीव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारी तथा उनको समूहले छायांकन गरेको छ। भिडियोलाई आकर्षक बनाउन कमल प्रसाईंले ड्रोन सञ्चालन गरेका छन्। भिडियोलाई सुप्रिप पराजुली सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्