प्लेयर्स टू वाच लियोनेल मेसी (अर्जेन्टिना)



पाँच पटकका फिफा प्लेयर अफ डी ईयर र बालोन डे ओर अवार्ड विजेता लियोनेल मेसीले जारी विश्वकपको पहिलो खेलमा पेनाल्टीलाई गोलमा परिणत गर्न सकेन ।

जसका कारण समूहमा कमजोर मानिएको आइसल्याण्डसँग अंक बांड्नु परेको थियो । उक्त पेनाल्टीलाई गोलमा परिणत गर्न नसकेपछि उनको आलोचना समेत भएको थियो । अहिले अर्जेन्टीनी टिमको संरचनालाई हेर्ने हो भने यो टिम मेसीमा बढी निर्भर भएको देखिन्छ ।

अन्तिम १६ मा स्थान बनाउन क्रोएसियाविरुद्धको खेल महत्वपूर्ण बनेको बेला मेसीले जादुई प्रदर्शन गर्छन् की भन्ने अनुमान गरिएको छ । मेसीले सन् २००५ मा अर्जेन्टिनाको राष्ट्रिय टिममा डेब्यू गरेका थिए । यस क्रममा उनले राष्ट्रीय टिमका लागि १ सय २४ म्याचमा ६४ गोल गरेका छन् । उनी अर्जेन्टिनाका सर्वाधिक अन्तराष्ट्रीय गोलकर्ता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्